१६ वर्षमै मतदान गर्न पाउने व्यवस्था गर्दै न्युजिल्याण्ड
विलिङटन । न्युजिल्याण्डले मतदानको उमेर १८ बाट घटाएर १६ वर्षमा झार्ने निर्णय गर्ने भएको छ । देशका सांसदले राष्ट्रिय मतदानको उमेर १८ बाट घटाएर १६ वर्षमा झार्ने नझार्ने भन्ने विषयमा मतदान गर्ने भएका छन् ।
देशको सर्वोच्च अदालतले १६ र १७ वर्ष उमेर समूहका जनसङ्ख्यालाई मतदान गर्न अनुमति नदिने उमेर भेदभावको रुपमा फैसला आएपछि प्रधानमन्त्री जसिन्डा अर्डेनको उक्त घोषणा सार्वजनिक भएको हो । उनले व्यक्तिगतरुपमा उमेर घटाउने पक्षमा रहेको बताउँदै त्यसनिम्ति सांसदको बहुमत अर्थात् सात सय ७५ मत आवश्यक पर्छ । उदारवादी लेबर पार्टीकी नेत्री उनले मतदानको उमेर परिवर्तन गर्न सांसदको स्पष्ट अभिमत आत्यावश्यक भएको बताएकी छिन् ।
विश्वका धेरै देशले मतदाताको उमेर घटाउने सम्बन्धमा बहस गरिरहेका छन् भने अष्ट्रिया, माल्टा, ब्राजिल, क्युबा र इक्वेडरले १६ वर्षमा नै मतदानको अधिकार दिएका छन् । न्युजिल्याण्डको ‘मेक इट सिक्सटिन’ अभियानका सहनिर्देशक सनत सिंहले अदालतको निर्णयबाट आफू अत्यन्त उत्साहित भएको बताएकी थिइन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया