काठमाडौं । बेलायतमा बस्ने काभ्रेलीहरुको संस्थाले नयाँ नेतृत्व चयन गरेको छ । सोमबार मिडल्यान्डको बर्मिङहममा सम्पन्न दोस्रो अधिवेशबाट काभ्रे सोसाइटी यूकेले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
सोसाइटीको अध्यक्षमा सामाजिक अभियन्ता नारायण फुँयाल सर्वसम्मत चुनिएका छन् । यस्तै नवनिर्वाचित कार्यसमितिमा रामचन्द्र अधिकारी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष रुपक पौड्याल र बलराम मैनाली, महासचिव अश्विन नेपाल, सचिव राम श्रेष्ठ, कोषाध्यक्ष जीवन थापा र सहकोषाध्यक्ष जानकी लामा छन् । सदस्यहरुमा यादव पराजुली, चन्द्र मैनाली, रीता श्रेष्ठ, शान्ता तामाङ, शम्भु गौतम, अर्जुन सापकोटा, विज्ञान हुमागाइं, प्रवेश केसी, विजय कार्की, संगीता भण्डारी र पदम गोले चुनिएका छन् ।
त्यस्तै, सोसाइटीका संस्थापक अध्यक्ष रविन्द्र शर्मालाई प्रमुख संरक्षक तथा डा. महालक्ष्मी अधिकारी, दावा लामा, गोकर्ण हुमागाईं र मिलन शर्मालाई सल्लाहकारमा मनोनित गरिएको छ । निर्वाचन समिति संयोजक पत्रकार एवम् पूर्वडीएसपी वाचस्पति रेग्मीले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथग्रहण गराएका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया