ओपेकद्वारा कच्चा तेल उत्पादन कटौतीलाई निरन्तरता
लण्डन । पेट्रोलियम निर्यातक देशहरुको संगठन (ओपेक)ले आइतबार तेल उत्पादन कटौतीलाई निरन्तरता दिने निर्णय गरेको छ । रुसी कच्चा तेल निर्यातमा पश्चिमा देशको प्रतिबन्ध लागू भएको केही घण्टापछि ओपेकले यस्तो निर्णय गरेको हो ।
ओपेक र रुससहितको अन्य मुख्य तेल उत्पादकहरुले प्रतिदिन २० लाख ब्यारेल तेल आपूर्ति कडाइलाई निरन्तरता दिने बताएका हुन् । गत अक्टोबरमा बनाइएको उक्त नीति गत महिनादेखि सुरु भएको थियो भने यो सन् २०२३ को अन्तिमसम्म चल्ने बताइएको छ । एक वक्तव्यमा ओपेकले आइतबारको बैठक भिडिओ कन्फरेन्समार्फत भएको र यसले अक्टोबरकै निर्णयमा सहमति भएको बताएको छ । बजारमा नयाँ परिस्थिति विकास भए सोहीअनुकूल निर्णय गर्न तयार रहेको पनि ओपेकले जनाएको छ ।
अक्टोबरमा गरिएको कटौतीलाई महामारी सुरु भएयताकै ठूलो मानिएको छ । यसको अमेरिकाले विरोध गरेको थियो । बाइडेन प्रशासनले यसलाई अदूरदर्शी रहेको बताउँदै न्यून र मध्य आय भएका देशलाई मार पार्ने टिप्पणी गर्दै आएको छ । त्यसयता तेलको मूल्य भने घटिरहेको छ ।
तर अबका दिनमा बजारमा उतारचढाव आउन सक्नेछ । युरोपले रुसले समुद्री मार्गबाट पठाएको तेलमा लगाएको प्रतिबन्ध सोमबारदेखि लागू हुने हुँदा थप अनिश्चितता छाउन सक्नेछ । जी७ देशहरु, युरोपेली संघ र अस्ट्रेलियाले शुक्रबार मात्रै रुसी तेल प्रतिब्यारेल ६० डलरको मूल्य सीमा राखेका छन् । यो सोमबारबाट सुरु हुँदै छ ।
रुसले युक्रेनविरुद्ध गरिरहेको आक्रमणको विरोधमा पश्चिमा देशले प्रतिबन्ध लगाएका हुन् । रुसले तेल बेचेर युद्ध खर्च जोहो गरेको पश्चिमा देशको आरोप छ । रुसले भने मूल्य सीमा निर्धारण गरेका देशमा तेल आपूर्ति नै बन्द गर्ने चेतावनी दिइसकेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया