काठमाडौं । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको आयोजनामा थांका लेखन तालिम आइतबारदेखि सुरु भएको छ। ककनीमा धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले एक महिने थांका तालिम यहाँ आयोजना गरिएको समितिका कार्यकारी निर्देशक होम दोङले जानकारी दिए ।
कार्यकारी निर्देशक दोङले भने, ‘धार्मिक पर्यटनलाई जोड दिनका खातिर ककनीमा यो तालिमको आयोजना गरेको हो । तालिममा सहभागीले सीप र ज्ञान सिक्न पाउनेछ ।’
उनले यो अवसरलाई सही सदुपयोग गर्न अनुरोधसमेत गरेका छन् । सीप ज्ञान अमूल्य हुन्छ । आजको युगमा बौद्ध दर्शनसँग जोडिएको थांकाले व्यावसायिक रूपमा अघि बढ्न सहज हुने कार्यकारी निर्देशक दोङले बताए ।
यसैगरी तालिमका प्रशिक्षक मोहन दोङले हामी तालिम अवधिभर थांकाको उत्पत्ति, लेखन विधि, शैली र मानव सभ्यताको विकासक्रमसँग जोडिएको विषयवस्तुसँग केन्द्रित रहने बताए ।
‘थांकामा बौद्ध दर्शनसँग जोडिएको इतिहास बोकेको हुन्छ । यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन सके यसले आर्थिक उपार्जन गर्न सकिन्छ । यसबाट आम्दानीको राम्रो स्रोत बनाउन सकिन्छ’, उनले भने, ‘यो एक महिना तालिम उपलब्धिमूलक हुनेछ ।’
उनले थांका लेखनबाट आर्जित आर्थिक रकम शिक्षामा लगानी गर्दा छोराछोरीको भविष्य उज्यालो बनाउन सहज भएको उदाहरण दिँदै यो सीपले जीविकोपार्जनमा सजिलो बनाउने बताए ।
तालिम अवधिभर प्रशिक्षणमा मोहन दोङ, भुवनदास तामाङ, निपुण तामाङ रहनेछन् । तालिममा ताप्लेजुङ, सोलुखुम्बु, धादिङ, नुवाकोट, रामेछापलगायतका करिब डेढ दर्जनभन्दा बढीको सहभागिता छ। कार्यक्रममा तालिमका संयोजक सन्जु योङ्गया र सहसंयोजक लक्ष्मी रुम्बा लगायत उपस्थित थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया