नबिल बैंक र टेस्ला डाइगोनोस्टिक क्लिनिकबीच सम्झौता
काठमाडौं, फागुन २७
टेस्ला डाइगोनोस्टिक र नबिल बैंकबीच सम्झौता भएको छ । सम्झौताअनुसार नबिल बैंकका ग्राहक, कर्मचारी र कर्मचारी निकट परिवारले क्लिनिकका विविध सेवामा विशेष सहुलियत प्राप्त गर्ने भएका छन् । बालुवाटारमा गरिएको सम्झौतामा क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठ तथा नबिल बैंकतर्फबाट प्रमुख कार्ड शाखा सनत पौडेलले हस्ताक्षर गरेका हुुन् ।
सम्झौतासँगै अब नबिल बैंकका सेवाग्राहीले क्लिनिक सेवामा विशेष सहुलियत प्राप्त गर्नेछन् भने यसबाहेक बैंकको स्वास्थ्य सचेतनामा क्लिनिकले सहकार्य गर्ने भएको छ । बालुवाटारमा अवस्थित क्लिनिकमा सुलभ खर्चमा स्तरीय सेवा प्राप्त गर्न सकिने र स्वास्थ क्षेत्र उदाहरणीय सेवा परिस्कृत गर्ने उद्देश्यले स्थापित क्लिनिकले देशको ठूलो जनसंख्या समेटेको नबिल बैंकसँग सहकार्य गरेको हो ।
बैंकले हाल एक सय १८ वटा शाखाहरू, एक सय ७६ वटा एटीएमहरूको विशाल संरचना र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूका साथमा देशव्यापीरूपमा र विश्वभर धेरै एजेन्टहरूमार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरूसँगै अघि बढ्ने विश्वास राखेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया