काठमाडौं, फागुन २९
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको चौथो कारोबार दिन बजार परिसूचक ७३ दशमलव ७८ अंकले उकालो लागेर १४ सय २३ दशमलव नौ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव ३३ अंंकले उकालो लागेर तीन सय चार दशमलव ६९ अंकमा चढेको छ । यसदिन कुुल एक सय ८० कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार २३ हजार दुुई सय ३७ वटा कारोबारमा ५६ लाख २६ हजार आठ सय १२ कित्ता सेयर खरिदबिक्री हुुँदा दुुई अर्ब २२ करोड १० लाख ८१ हजार छ सय ९० रूपैयाँको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार ११ वटा समूहको सूचक बढेर सामूहिक लगानी कोष समूहको सूचक शून्य दशमलव आठ अंकले घटेर १० दशमलव २८ अंकमा झरेको छ । यसदिन वाणिज्य बैंक समूहको सूचक ६८ दशमलव ४७ अंकले उकालो लागेर १२ सय ५२ दशमलव तीन अंकमा पुगेकोमा विकास बैंक समूहको सूचक पनि ७४ दशमलव ४४ अंकले उकालो लागेर १८ सय ८६ दशमलव २५ अंकमा पुुगेको छ । जलविद्युुत् समूहको सूचक पनि ४८ दशमलव ३२ अंकले उकालो लागेर एक हजार १३ दशमलव ७७ अंकमा चढेकोमा लघुबित्त समूहको सूचक पनि एक सय १७ दशमलव २८ अंकले उकालो लागेर २३ सय १९ दशमलव ३७ अंकमा चढेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि चार सय ४५ दशमलव ६५ अंकले उकालो लागेर छ हजार तीन सय २४ दशमलव १४ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि पाँच सय १० दशमलव ९७ अंकले उकालो लागेर आठ हजार एक सय ३४ दशमलव ६३ अंकमा चढेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमशः ६५ दशमलव ४७, ९९ दशमलव ५९, २० दशमलव ६१ र एक सय नौ दशमलव ७९ अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेडको सेयर मूल्य १० रूपैयाँले बढेर २६ सय ५१ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको लक्ष्मी लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि १० रूपैयाँले नै बढेर एक हजार ८९ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक एभरेष्ट इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सुचीमा पहिलो स्थानमा परेको हिमाल दोलखा पावर कम्पनीको सेयर मूल्य नौ रूपैयाँ ३४ पैसाले घटेर ९७ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल फाइनान्सको सेयर मूल्य सात रूपैयाँ २८ पैसाले घटेर एक सय ४० रपैयाँको किनबेच भएको छ । यीबाहेक खानीखोला हाइड्रोपावर कम्पनी, एनआईबीएल समृद्धि फण्ड आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको १२ सय १० रूपैयाँ अन्तिम मूल्यमा २३ करोड ६६ लाख ४९ हजार एक सय ४१ रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनआईसी एसिया बैंकको पनि प्रतिकित्ता पाँच सय ६७ रूपैयाँ अन्तिम मूल्यमा १४ करोड ६६ लाख ५३ हजार सात सय ९६ रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनएमबी बैंक, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया