काठमाडौं श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा अध्यक्षको मन्तव्य, सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७८÷७९ को वार्षिक प्रतिवेदन पेस गरिएकोमा सभाले उक्त प्रतिवेदनहरू पारित गरेको थियो । सभाले चुक्ता पुँजीको सात दशमलव ६० प्रतिशत लाभांश वितरण (बोनस सेयर दुई दशमलव ४० प्रतिशत तथा नगद लाभांश पाँच दशमलव २० प्रतिशत) सम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । बोनस सेयर वितरणपश्चात् कम्पनीको जारी तथा चुक्ता पुँजी ९८ करोड १६ लाख ८३ हजार दुई सय पुग्नेछ ।
साथै, कम्पनीको सेयर संरचना हाल कायम रहेको संस्थापकतर्फको ५३ दशमलव ३२ प्रतिशत र सर्वसाधारणतर्फको ४६ दशमलव ६८ प्रतिशतलाई क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित भएको छ । प्रतिवेदन प्रस्तुत गर्ने क्रममा सभा अध्यक्षले विषम परिस्थितिको बाबजुद पनि कम्पनीको व्यावसायिक कारोबार वृद्धि हुनुमा आफ्ना ग्राहकहरूसँगको निरन्तर सम्पर्कलगायत कर्जाको किस्ता तथा ब्याज असुलीतर्फ प्रभावकारी अनुगमन मुख्य रहेको बताए ।
कम्पनीले २०७९ असार मसान्तसम्म आफ्ना १३ वटा कार्यालयहरूबाट नेपाल राष्ट्र बैंकको निर्देशन परिधिभित्र रही व्यावसायिक कार्य गर्दै नियामक निकायहरूको निर्देशनहरू पूर्ण रूपमा पालना गरिएको जानकारी समेत सभालाई गराएका थिए । छलफलको क्रममा सेयरधनीहरूबाट उठाइएका विभिन्न प्रश्न तथा जिज्ञासाहरूको उत्तर सभा अध्यक्षको अनुमतिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले दिएपछि साधारणसभाबाट वित्तीय विवरणलगायत सभामा छलफलका लागी पेस गरिएका साधारण तथा विशेष प्रस्तावहरू सर्वसम्मतबाट पारित भएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया