बेइजिङ । चीनमा अवस्थित जापानी राजदूतावासले जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ । जापान सरकारले शनिबार सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ । यसअघि जापान सरकारले बेइजिङबाट दिने प्रवेशाज्ञा बन्द गरेको थियो ।
कोभिड १९ का कारण जापानले चिनियाँ राजधानी बेइजिङबाट प्रवेशाज्ञा बन्द गरेको सूचना जारी गरेको थियो । आइतबारदेखि सो सेवा पुनः सञ्चालनमा ल्याइएको जनाएको हो । राजधानी बेइजिङस्थित जापानी राजदूतावासको वेभसाइटमा यससम्बन्धी सूचना राखिएको समाचारमा जनाइएको छ ।
चीनमा पछिल्लो समयमा बढ्दै गएको कोभिड १९ को संक्रमणका कारण जापान सरकारले चिनियाँ नागरिकलाई प्रवेशाज्ञामा प्रतिबन्ध लगाएको थियो । कोभिडका कारण अस्थायी रुपमा लगाइएको प्रतिबन्ध अब भने सञ्चालनमा ल्याइएको सो सूचनामा उल्लेख गरिएको समाचारमा जनाइएको छ ।
चीनमा पछिल्ला केही हप्तामा कोभिडको संक्रमण निकै बढेको थियो । यहाँ दैनिक एक करोडभन्दा पनि बढी मानिसमा संक्रमण भएको तथ्यांक सार्वजनिक भएको थियो । यसकारण चीनको राजधानी बेइजिङमा रहेका जापानलगायतका केही देशका दूतावासहरुले आफ्ना देशमा जानका लागि प्रवेशाज्ञा सेवा नै बन्द गरेका थिए । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया