चीनमा सवारीसाधन बिक्री ७९ प्रतिशतले घट्यो
बेइजिङ, चैत २
कोरोनाभाइरसको त्रासदीका कारण मागमा कमी आएपछि चीनमा सवारी साधनको बिक्रीमा गत फेब्रुअरी महिनामा ७९ प्रतिशतले घटेको छ । एएफपीका अनुसार चीनमा एकै महिनामा यतिठूलो गिरावट आएको पहिलो पटक हो । चिनियाँ अटोमोबाइल उत्पादक संघ (काम) अनुसार यस वर्षको फेब्रुअरीमा सवारी साधनको बिक्री न्यून भएर तीन लाख १० हजारमा सीमित भएको छ । संघले चीनमा सवारी साधनको बिक्रीमा कमी आएको यो लगातार २०औं महिना हो ।
संघका वरिष्ट अधिकारी चेन शिहुवाले नयाँ विद्युतीय कारको बिक्रीमा कमी आएको बताए । विद्युतीय कारको बिक्रीमा लगातार आठ महिनादेखि कमी हुँदै आएको छ । संघका अधिकारीले यस वर्षको पहिलो छ महिनामा १० प्रतिशतभन्दा बढीले घट्ने देखिएको बताएका छन् । अप्रिल अघि चीनमा कोरोनाभाइरसलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न सकिए पनि वर्षभर करिब ५ प्रतिशतले कमी आउनेछ । कार उत्पादनको प्रमुख केन्द्रका रुपमा रहेको हुबे प्रान्तमा रहेका सबैजसो कार निर्माता कम्पनीहरुले उत्पादनमा ढिलाइ गर्ने बताएका छन् । हुबेमा डोङफेङ मोटर ग्रुप कम्पनी र यसका साझेदार कम्पनीहरु होन्डा मोटर, रेनल्ट एसए र प्युजेट एसएका कारखानाहरु रहेका छन् ।
संघाईमा रहेको टेस्लाको उत्पादन र वितरण पनि प्रभावित भएको छ । तर, हुबे प्रान्तको राजधानी उहानका सरकारी अधिकारीहरुले कोरोनाभाइरसको त्रास कम भएको जनाउँदै उद्योग, कलकारखाना खोल्न अनुमति दिएको छ । यहाँ होन्डाले आफ्नो कारप्लान्ट सुरु गरेको छ । निसान मोटरले पनि हुबेकै अर्को शहर सियानग्याङस्थित कारखानाबाट आंशिक उत्पादन थालेको छ भने हेनानको झेङझाउ प्लान्ट सुरु गर्ने योजना अघि बढाएको छ । संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाबका कारण पनि चीनको कार बजारमा असर परेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया