खजुरा । बाँकेमा दुई वटा बिक्री वितरण गर्ने ग्यास उद्योगमा संयुक्त बजार अनुगमन समितिले अनुगमन गरी प्रयोग गर्न नमिल्ने सिलिण्डर बिक्री वितरण गर्न रोक लगाएको छ ।
पछिल्लोे समय ग्यास पड्किएर घटना घटेपछि सतर्कताका लागि बाँके जिल्लामा रहेका ग्यास उद्योगमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा कैफियत भेटिएका सिलिण्डर बजार नपठाउन निर्देशन दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईले राससलाई बताए । उनका अनुसार जिल्लास्थित मनकामना ग्यास उद्योगमा ग्यास लिकेज टेस्टिङमेशिनलाई यथाशीघ्र प्रयोगमा ल्याउन र म्याद समाप्त भएका एक सय ६० ग्यास सिलिण्डर, लिकेज, बिग्रेका, कुच्चिएका जोखिमयुक्त ५० सिलिण्डर र तत्काल म्याद सकिन लागेका करिब ५० गरी जम्मा दुई सय १० ग्यास सिलिण्डरलाई बिक्री वितरण नगर्न निर्देशन दिइएको छ ।
यसैगरि भेरी ग्यास उद्योगमा रहेका म्याद सकिएका करिब ३ हजार सिलिण्डर, लिकेज भएका, कुच्चिएका र बिग्रेका करिब दुई हजार पाँच सय, म्याद सकिन लागेका दुई सय सिलिण्डर बिक्री वितरण नगर्न संयुक्त बजार अनुगमन समितिले निर्देशन दिएको छ ।
उपभोक्ता हित संरक्षणमा सरोकारवाला सबै सचेत हुनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष अधिवक्ता वसन्त गौतमले बताए । उनल भने, “ज्यान जानेसम्मका दुर्घटना निम्त्याउने, स्वच्छ खाद्यान्न उपलब्धता र प्रयोगको सुनिश्चिततामा सरोकारवाला जिम्मेवार र उपभोक्ता आफै जागरुक हुनुपर्छ, सचेत भइएन भने जोखिमका घटना बढन सक्छन ।”
ग्यास सिलिण्डरका विषयमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले सार्वजनिक महत्वको विषयको रिटमा सुनुवाइ गर्दै यसअघि नै सिलिण्डरको तौल, गुणस्तर जाँच गर्ने तथा मापदण्ड पूरा गर्न निर्देशनात्मक आदेश गरेको अधिवक्ता विश्वजित तिवारीले बताए ।
क्याटेगोरी : प्रदेश समाचार, लुम्न्बिनी प्रदेश
ताजा अपडेट
- चीनले ऋणको ब्याजदर घटायो
- टोकियोदेखि न्युयोर्कसम्मका सेयरबजार हिट मोडमा
- अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२० पुग्यो
- वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’
- सुर्खेत बस दुर्घटनामा दुईको मृत्यु, २१ घाइते
- जिल्ला अस्पताल हुम्लामा औषधि अभाव
- मर्मतसम्भार नहुँदा जलेश्वर कारागार जीर्ण
- २१ सय बिन्दुमा नजिक पुग्यो बजार परिसुचक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया