एप्पलका स्टोर बन्द कर्मचारीको तलब नरोकिने
अमेरिका, चैत ३
प्रविधि कम्पनी एप्पलले चीनबाहिरका आफ्ना सबै स्टोरहरु दुई हप्ताका लागि बन्द गर्ने घोषणा गरेको छ । एपीका अनुसार कम्पनीले कोरोना भाइरसको महामारीका कारण संक्रमण रोक्ने उद्देश्यले उक्त निर्णय गरेको हो । यद्यपि अनलाइनमार्फत भने किनबेच हुनेछ । कम्पनीका सीईओ टिम कुकले शनिबार ट्विटरमार्फत उक्त जानकारी दिएका हुन् ।
उनले कोभिड–१९ को संक्रमण रोक्न कम्पनीले आफ्नो तर्फबाट पहल गरेको जनाएका छन् । ट्विटमा उनले मार्च २७ सम्मको लागि चीनबाहिर रहेका कम्पनीका स्टोरहरु बन्द हुने बताएका छन्। साथै १५ मिलियन अर्थात् १ करोड ५० लाख अमेरिकी डलर कम्पनीले सहयोग गर्ने पनि उनले बताएका छन् । चीनमा भने एप्पलका सबै स्टोरहरु पुनः सञ्चालनमा आएको कुकले बताएका छन्। स्टोर बन्द भए पनि कामदारले भने तलब पाउनेछन् ।
आईफोन निर्माता एप्पलका विश्वभर ५ सय खुद्रा बिक्री स्टोरहरु छन् । त्यसमध्ये करिब आधा अमेरिकामा छन् । कम्पनीले चीनमा ४२ स्टोरहरु बन्द गरेको थियो । कम्पनीले दोस्रो त्रैमासिकमा लक्ष्यअनुरुप वित्तीय अवस्था पार नहुने बताइसकेको छ । भाइरस संक्रमण फैलिँदै जाँदा चीनमा आईफोनको उत्पादन र माग दुवै घटेको कारण कम्पनीले यस्तो अनुमान गरेको हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जापानमा ९० लाख घर खाली
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
- एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको अवसर खोजिने
- नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभूति गर्ने
- श्रमिक दिवसमा श्रमिक महिला रक्षा संघको र्याली
- बागलुङको सय वर्ष पुरानो तामाखानी अध्ययनको अनुमति
- तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो
- एयरपोर्टमा एडुरोम सेवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया