नयाँ दिल्लीमा भेला, रात्रिक्लब, जीम र स्पा बन्द
भारत, चैत ४
भारतको नयाँ दिल्ली प्रदेशमा ठूला भेला, रात्रि क्लब, जीम र स्पा बन्द गर्न निर्देशन दिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार धेरै मानिस भेला हुने ठाउँमा बन्द गर्न/गराउन निर्देशन दिएको एएनआईले जनाएको छ । उनको निर्देशनअनुसार ठूला भेला, रात्रिकालीन क्लब, जीम र स्पा कम्तीमा यही मार्च ३१ सम्म बन्द हुने भएका छन् । विश्वमा माहामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणका कारण दिल्ली राज्यले यस्तो निर्णय लिएको हो ।
मुख्यमन्त्री केजरीवालले विवाह लगायतका कुनै पनि जमघट ५० जनाभन्दा बढीको गराउन नपाइने पनि स्पष्ट पार्नुभएको हो । राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसका कारण अहिलेसम्म कम्तीमा सात जना संक्रमित भएको छन् । देशभरि भने अहिलेसम्म सङ्क्रमित ११४ पुगेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये १७ जना विदेशी छन् । उनीहरुका अनुसार कोरोनाका कारण भारतमा अहिले दुई जना मृत्यु भइसकेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया