माछापुच्छ्रे बैंक र सेल्सबेरीबीच सम्झौता
काठमाडौं । माछापुच्छ्रे बैंक र सेल्सवेज क्यास एन्ड क्यारी लिमिटेड (सेल्सबेरी एन्ड सेल्सवेज) बीच डिजिटल कारोबारलाई प्रोसाहन गर्ने उद्देश्यले सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सेल्सवेरीको तर्फबाट तर्फबाट अध्यक्ष शुसिलमान प्रधानाङ्ग तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापाले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात् सेल्सवेज क्यास एन्ड क्यारी लिमिटेडका आउटलेटहरूबाट सामान खरिद गर्दा बैंकका ग्राहकहरूले विभन्न डिजिटल माध्यमबाट जस्तैः क्यूआर वा पीओएसमार्फत डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।
यसैबीच बैंकले हरेक हप्ताको सोमबारका लागि मन्डे म्याडनेस योजना सञ्चालन गरिरहेको छ । जसअन्तर्गत हरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पीओएस वा ईकमबाट पेमेन्ट गर्दा २३ प्रतिशत वा एक सय २३ रुपैयाँ डेबिड कार्डमा र क्रेडिट कार्डमा २३ प्रतिशत वा दुई सय २३ रुपैयाँसम्म छुट पाइनेछ । यो योजना हरेक सोमबार बिहान ७ बजेदेखि १० बजेसम्म कार्डबाट गरिएका कारोबारमा मात्र लागू हुनेछ ।
माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरूलाई सुविधालगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्वनमा सघाउ पुग्दै आइरहेको छ । साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पु-याउने उद्देश्यका साथ ग्रीन बैंकिङलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू सञ्चालन गरिरहेको छ ।
बैंकले हाल देशका सातवटै प्रदेशमा एक सय ६५ वटा शाखा, ११ एक्सटेन्सन काउन्टर, एक सय ३३ शाखारहित बैंकिङ सेवा, दुई सय छवटा एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
- जापानमा ९० लाख घर खाली
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
- एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको अवसर खोजिने
- नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभूति गर्ने
- श्रमिक दिवसमा श्रमिक महिला रक्षा संघको र्याली
- बागलुङको सय वर्ष पुरानो तामाखानी अध्ययनको अनुमति
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया