अष्ट्रेलिया र न्युजिल्यान्डमा गैरआवासीयहरूमाथि यात्रा प्रतिबन्ध
सिड्नी, चैत ७
कोभिड–१९ विश्वव्यापी रुपमा फैलिएपछि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सबै आगन्तुकहरूका लागि देशको सिमाना बन्दको घोषणा गरेका छन् । अस्ट्रेलियाका आप्रवासी बासिन्दा तथा अन्य नागरिकलाई स्थानीय समयाअनुसार शुक्रबार राति ९ बजेदेखि देशमा प्रवेश गर्न निषेध गरिने बिहीबार भएको एक प्रेस सम्मेलनमा बताएका हुन् । गैरअष्ट्रेलियाली नागरिक र देशमा प्रवेश गर्न चाहने अन्य देशका नागरिकलाई यस्तो बन्देज गरिएको हो । अत्यावश्यकताको आधारमा प्रवेश गर्न चाहने तथा अष्ट्रेलियाली नागरिकलाई भने १४ दिन क्वारन्टाइनमा बस्नुपर्ने अनिवार्य गरिएको पनि सो घोषणामा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियामा देखिएको संक्रमणमध्ये करिब ८० प्रतिशत जति विदेशी नागरिकबाट सरेको पाइएको पनि जानकारी दिए । अष्ट्रेलिया सरकारको स्वास्थ्य विभागकाअनुसार बिहीबार बिहानसम्म ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै न्युजिल्यान्डले पनि आफ्ना देशका नागरिकबाहेक सबैलाई देश प्रवेशमा रोक लगाएको छ । प्रधानमन्त्री जसिन्डा आर्डेनले विदेशीलाई प्रवेश नदिने बिहीबार घोषणा गरेकी हुन् । (रासस/सिन्ह्वा)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया