अमेरिकाले रणनैतिक सञ्चितिका लागि ३ करोड ब्यारेल तेल किन्ने
वासिङ्टन, चैत ७
अमेरिकाको ऊर्जा विभागले ३ करोड ब्यारेल तेल रणनैतिक सञ्चितिका लागि खरिद गर्ने भएको छ । बिहीबार विभागले राष्ट्रपति डोनाल्ड ट्रम्पको घरेलु कच्चा तेल उत्पादकलाई मद्दत गर्ने निर्देशनअनुरुप उक्त परिमाणको तेल सञ्चितिका लागि खरिद गर्ने निर्णय गरेको रोयटर्सले जनाएको छ । अमेरिकाको टेक्सास र लुजियानामा सञ्चित तेलको भण्डारणगृह छ । त्यसको क्षमता ७ करोड ७० ब्यारेल रहेको छ । सञ्चितिका लागि घोषित तेलको परिमाण भने साना र मझौला उत्पादकहरुबाट खरिद गरिने विभागको भनाइ छ । यसका लागि स्विट क्रुड र सोर क्रुड तेल खरिद गर्ने विभागको योजना छ ।
ऊर्जा विभागले १ करोड १३ लाख ब्यारेल स्विट क्रुड र १ करोड ८७ लाख ब्यारेल सोर क्रुड खरिद गर्ने जनाएको छ । मे १ देखि जुन ३० सम्म तेल खरिद गरिने र त्यसका लागि मार्च २६ सम्ममा प्रस्ताव पेश गरिसक्नुपर्ने पनि विभागले कम्पनीलाई भनेको छ । ७ करोड ७० लाख ब्यारेल तेल खरिदका लागि संसदले अनुमति दिनुपर्नेछ । यसका लागि काम गरिरहेको विभागले जनाएको छ । कम्तीमा २ अर्ब डलर मूल्यको तेल विभागले खरिद गर्न लागेको हो । विभागका अनुसार प्रतिदिन ६ लाख ८५ हजार ब्यारेल क्रुड सञ्चित गर्न सकिन्छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया