उपभोक्ताको हित संरक्षणमा सरकार प्रतिबद्ध छ : मुख्यसचिव बैरागी
काठमाडौं । मुख्यसचिव शङ्करदास बैरागीले उपभोक्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयद्वारा बुधबार आयोजित कार्यक्रममा उनले उपभोक्ताको हितमा वस्तु तथा सेवामा सुधारका लागि कानुनी, नीतिगत संरचना बनाइने राससलाई बताए । उनले यसका लागि तीन वटै तहसँग सहकार्य र समन्वयन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
उनले दुर्गम क्षेत्रका नागरिकमा पनि उपभोग्य वस्तु तथा सेवाबारे सचेतना पु-याउनु जरुरी रहेको भनाइ राखे । “हामी सबै उपभोक्ता हौं । हाम्रा साझा अधिकार, परिणाम प्राप्त गर्नका लागि स्वप्रेरित भई स्वस्थ र स्वच्छ वस्तु तथा सेवा प्रयोग गर्नका लागि सबैले आ–आफ्नो कर्तव्य पूरा गरी असल अभ्यास ल्याउनुपर्दछ”, उनले भने ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमनाथ भट्टराईले कार्यक्रममा विभागका कार्यसम्पादन प्रस्तुुत गर्दै अनुगमन कार्र्य सङ्घीय संरचनामा सञ्चालन गरिएको बताए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीेले आफ्नो अधिकारको ठूलो निरीक्षणकर्ता आफै भएको बताए । “निरन्तर रुपमा गुणस्तरीय ढङ्गबाट अघि बढेसके परिवर्तन सम्भव छ”, उनले भने, “मन्त्रालय र मन्त्रालयअन्तर्गतका विभाग आम उपभोक्ताको हकहित संरक्षणको लागि प्रतिबद्ध छ ।”
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले उपभोक्ता हक, अधिकारका विषयमा वस्तु तथा खाद्य मात्र नभइ स्वच्छ वातावरणमा पनि जनचेतना अभिवृद्धि गर्नुपर्ने बताइन् । महानगरपालिकाले ‘फुड हाइजिन’लाई विशेष ध्यान दिई विज्ञ टोली सञ्चालन गरेको स्पष्ट पारिन् ।
उनले महानगरले व्यवसाय दर्ता अभियानका रुपमा सञ्चालनमा ल्याएको, घर बहाल व्यवस्थापन निर्देशिका बोर्डबाट पास गरेको, बजार अनुगमनसहित सचेत कार्यक्रम सञ्चालन गरेको तथा उपत्यकामा फलफुल तथा तरकारीमा विषादीको परीक्षण गर्ने तयारी रहेको जानकारी दिइन् ।
उपप्रमुख डङ्गोलले उपभोग्य वस्तु तथा सेवामा बजार अनुगमन गर्ने काम प्राथमिकताका साथ सञ्चालन भएको बताइन् । उपभोक्ता हितसम्बन्धी काम प्रभावकारी ढङ्गले अनुगमन गर्न सङ्घ, प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयन गर्ने भन्दै स्वचालित अनुगमन प्रणाली बलियो हुनुपर्नेमा उनले जोड दिइन् ।
कार्यक्रममा उपभोक्ता अधिकारकर्मीहरुले उपभोक्ता अधिकार संरक्षणका लागि अनुगमन समिति क्रियाशील हुनुपर्ने, सर्वोच्च अदालतले दिएका आदेश र संविधानले गरेको व्यवस्था कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए । अस्वभाविक रुपमा वस्तु तथा सेवामा बढेको मूल्य घटाउन, विपन्न वर्गलाई सहुलियत दरको व्यवस्था गर्न नेपाली उपभोक्ता संरक्षण गर्न महासङ्घले जोड दिएको छ ।
‘स्वच्छ ऊर्जामार्फत् उपभोक्ता सशक्तिकरण” राष्ट्रिय नारासहित मनाइएको विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा मुख्यसचिव वैरागीले उपभोक्ता हितसम्बन्धी ‘डिजिटिल पुस्तिका’ विमोचन र उपभोक्ता जागरण गीत सार्वजनिक गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया