Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेष्डो समृद्ध लघुवित्तको नाफा ११ करोड

नेष्डो समृद्ध लघुवित्तको नाफा ११ करोड


काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ११ करोड दुई लाख २४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १० करोड ७३ लाख ८६ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब ५९ करोड ४६ लाख चार हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ५६ करोड २५ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १९ करोड ८८ लाख ३० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब ३० करोड १४ लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २१ करोड ७३ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १८ करोड ७५ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव शून्य आठ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया