कोरोनाविरुद्ध भारतीय व्यवसायीहरुले गरे करोडौं सहयोगको घोषणा
नयाँ दिल्ली, चैत १०
विश्व महामारी कोरोनाभाइरसको संक्रमण दिनप्रतिदिन बढ्नथालेपछि भारतीय उद्योगपति र व्यवसायीहरुले सहयोगको घोषणा गर्न थालेका छन् । भारतीय मिडियाहरुका अनुसार आनन्द महिन्द्रा, पेटीएमका संस्थापक विजय शेखर शर्मा र वेदान्त ग्रुपका प्रमुख अनिल अग्रवालले करोडौँ सहयोगको घोषणा गरेका हु्न् ।
व्यवसायी अग्रवालले १ अर्ब भारु सहयोगको घोषणा सामाजिक सञ्जाल ट्विटरमार्फत गरेका हुन् । भारतमा समेत यो भाइरसको संक्रमणबाट आधा दर्जन बढीको मृत्यु भइसकेको छ भने सयौँ संक्रमित फेला परिसकेका छन् । अग्रवालले महामारी रोक्नको लागि उक्त सहयोग गरेको बताएका छन् । खासगरी आफू दैनिक ज्यालादारी गरेर बाँचेका मजदुरलाई लिएर चिन्तित भएको उनको भनाइ छ ।
त्यस्तै आनन्द महिन्द्राले पनि ट्विटमार्फत आफ्ना सहयोगीलाई कोरोनासँग सम्बन्धित कोषहरुमा सहयोगका लागि उत्प्रेरित गर्ने र आफ्नो शतप्रतिशत तलब स्वेच्छाले योगदान गर्ने बताएका छन् । उनले आगामी महिनामा थप योगदान गर्ने बताएको नवभारत टाइम्सले जनाएको छ । त्यस्तै पेटीएमले कोरोना भाइरसको औषधि विकासका लागि भारतीय शोधकर्तालाई पाँच करोड भारु दिने बताएका छन् । कम्पनीका सीईओ विजय शेखर शर्माले आइतबाट ट्विट गर्दै यस्तो घोषणा गरेका हुन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया