नेपाल लाइफका अभिकर्तालाई काठमाडौंमा प्रशिक्षण
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुधबार काठमाडौंको कालिमाटीमा एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको कार्यक्रममा करिब चार सय जना अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको सहभागिता रहेको इन्स्योरेन्सले जनाएको छ ।
कार्यक्रमलाई देशबाहिर रहेका इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । उनले देशव्यापीरूपमा सञ्चालन गरिएको यस कार्यक्रमले अभिकर्ताहरूको क्षमताको विकास गर्न सघाउने बताए । अन्तर्राष्ट्रिय ख्यातीप्राप्त प्रशिक्षकमार्फत प्रशिक्षण गराइएकाले अभिकर्ताको क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारमा सघाउन उपयोगी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना’सँग सम्बन्धित प्रस्तुतीकरण गरिएकोे थियो । यो योजना न्युन लगानीले उच्च बचत तथा प्रतिफलको अपेक्षा गर्नेहरू र बुढेशकालमा पेन्सन चाहनेहरूका लागि उत्कृष्ट बीमा योजना रहेकोले बारे जानकारी गराइएको थियो ।
उक्त कार्यक्रमका भारतको मुम्बइबाट आएका जीवन बीमाका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजय कुमार झाले प्रशिक्षण दिएका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया