आईएमई जनरल इन्स्योरेन्सको विशेष साधारणसभा
काठमाडौं । आईमई जनरल इन्स्योरेन्सको विशेष साधारणसभाले पु्रडेन्सियल इन्स्योरेन्ससँग गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा अन्तिम प्रस्ताव स्वीकृत गरेको छ । मर्जरपछि बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम आईजीआई पु्रडेन्सियल इन्स्योरेन्स लिमिटेड रहनेछ । यी दुई इन्स्योरेन्स बराबर सेयर स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन् ।
बुधबार काठमाडौंमा सम्पन्न विशेष साधारणसभालाई सम्बोधन गर्दै इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले बीमा बजार तथा नियामक निकायबाट चुक्ता पुँजीसम्बन्धी प्राप्त निर्देशनलाई मध्यनजर गरेर प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीसँग मर्जका लागि अन्तिम सम्झौता भई सोहीबमोजिम गर्न लागिएको बताए ।
मर्जरपछि बन्ने कम्पनीको चुक्ता पुँजी तीन अर्ब दुई करोड ९३ लाख ३४ हजार छ सय ३९ रुपैयाँ कायम हुनेछ । जसको कारण अन्तर्राष्ट्रिय, राष्ट्रिय, स्थानीय पहुँच, अनुभव, क्षमतालाई बढीभन्दा बढी उपयोग गरी सातवटै प्रदेशमा शाखा कार्यालय र डिजिटल माध्यमबाट बीमा सेवा प्रदान गर्न थप सहज हुने विश्वास गरिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया