पदयात्रीलाई स्वास्थ्यसेवा उपलब्ध गराउन चिकित्सक टोली
काठमाडौं । हिमालयन उद्दार सङ्घले स्वदेशी तथा विदेशी पर्वतीय पदयात्रीको उपचारका लागि तीन ठाउँमा चिकित्सकसहितको टोली खटाइएको छ ।
वसन्त ऋतु सुरु भएसँगै हिमाल आरोहण गर्न जाने पर्वतीय पर्यटककोे उपचारका लागि सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुकै फेरिचे र मनाङको मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्रका लागि उक्त टोली खटाइएको हो ।
सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरी आधार क्षेत्रमा विशेषज्ञ सेवा प्रदान उपलब्ध गराउन स्वयम्सेवी चिकित्सक परिचालन गरिएको जानकारी दिए । उनका अनुसार सगरमाथा आधार शिविरमा एक विदेशी र दुई नेपाली चिकित्सक, फेरिचेमा दुई विदेशी र एक नेपाली चिकित्सक र मनाङ गाउँमा दुई विदेशी र एक नेपाली चिकित्सकले स्वास्थ्यसेवा प्रदान गर्नेछन् । ती टोलीमा सङ्घका कर्मचारीसमेत खटाइएका छन् ।
वसन्त र शरद ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०३० मा स्थापना भएको सङ्घले हरेक वर्ष हजारौँ स्वदेशी तथा विदेशी आरोहीलाई सेवा दिँदै आएको छ । “गोसाइँकुण्डमा जनैपूर्णिमाको मेला भर्न गएका तीर्थयात्रीलाई लक्ष्य गरी हरेक वर्ष स्वास्थ्य सेवा प्रदान गर्दै आएका छौँ”, प्रमुख कार्यकारी अधिकृत बस्यालले भने।
सङ्घका अध्यक्ष हरि धरेलले स्वयम्सेवी चिकित्सकलाई लेक लाग्ने, अन्य उपचारलगायत पर्वतीय क्षेत्रमा आइपर्ने स्वास्थ्य समस्याबारे विस्तृत तालिम प्रदान गरेर कार्यक्षेत्रमा पठाइएको जानकारी दिए । स्वदेशी पदयात्रीलाई निःशुल्क स्वास्थ्य उपचार प्रदान गर्दै आएको सङ्घले विदेशी पदयात्रीसँग भने थोरै शुल्क लिँदै आएको उनले बताए ।
सङ्घले नेपाल मेडिकल काउन्सिलबाट स्वीकृत लिएका चिकित्सकलाई मात्र कार्यक्षेत्रमा खटाउने गरेको छ । कार्यक्षेत्रमा जाने चिकित्सक ‘माउण्टेन मेडिसिन’ मा दक्ष हुन्छन् । सङ्घले सन् २००३ देखि सगरमाथा आधार शिविरमा स्वास्थ्य शिविर स्थापना गरी आरोही, आरोहणमा सहयोग गर्ने कर्मचारी ताथ अन्य पदयात्रीलाई सेवा दिँदै आएको छ ।
फेरिचेमा सन् १७७३, मनाङ गाउँमा सन् १९८० र गोसाइँकुण्डमा सन् १९९७ देखि स्वास्थ्य सेवा प्रदान गर्दै आइएको सङ्घका अध्यक्ष धरेलले राससलाई जानकारी दिए। लेकका बारेमा सूचना दिन होर्डिङ बोर्ड राख्ने, पर्चा छपाइ गरी वितरण गर्ने, पर्यटन सम्बद्ध पत्रिकामा सूचना छपाउने, स्कूल, कलेजका विद्यार्थीलाई तालिम प्रदान गर्नेलगायत काम गर्दै आएको सङ्घले जनाएको छ ।
सरोकारवालासँगको सहकार्यमा पर्यटक गाइड एवं पर्यटक सहयोगीलाई तालिम दिने तथा नेपाली सेनासँगको सहकार्यमा सफा हिमाल अभियानसमेत सञ्चालनसमेत संघले गर्दै आएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया