व्यापक विरोधका बीच निवृत्तिभरणको उमेर बढाइयो
फ्रन्स । व्यापक विरोधका बीच फ्रान्समा निवृत्तिभरण प्राप्तिको उमेर बढाइएको छ । निवृत्तिभरण प्राप्तिको विद्यमान ६२ वर्षलाई बढाएर ६४ वर्ष कायम गरिएको छ ।
राष्ट्रपति इमानुएल म्याक्रोँले निवृत्तिभरण प्राप्तिको उमेर वृद्धिसम्बन्धी कानुनमा हस्ताक्षर गरेसँगै त्यो आगामी सेप्टेम्बरदेखि लागू हुनेछ । देशको शीर्ष संवैधानिक परिषद्ले पेन्सन पाउने उमेर ६४ वर्ष हुनुपर्ने प्रस्तावित कानुनलाई अनुमोदन गरेको केही घण्टामै राष्ट्रपतिले त्यसमा हस्ताक्षर गरेका हुन् । उनले विद्यमान निवृत्तिभरण प्रणालीलाई ध्वस्त हुनबाट जोगाउन त्यसमा सुधार गरिएको बताएका छन् । परिषद्ले जनमत संग्रहका लागि विपक्षीबाट भएको मागलाई अस्वीकार गरे पनि प्रस्तावित कानुनका केही त्रुटी औँल्याएको छ ।
परिषद्को निर्णयप्रति असहमति जनाउँदै प्रदर्शनककारीले आगो बालेर विरोध गरेका छन् । प्रहरीले एक सय १२ जनालाई पक्राउ गरेको छ । पेन्सन सुधार योजनाविरुद्ध देशका विभिन्न भागमा १२ दिनसम्म प्रदर्शन भएका थिए । कर्मचारी युनियनहरूले विरोधका कार्यक्रमलाई निरन्तरता दिने बताउँदै यही वैशाख १८ गते अर्थात् मे दिवसका दिन सडकमा आउन मजदुरहरूलाई आह्वान गरेका छन् । रासस
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया