काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिनेश थकाली नियुक्त भएका छन् । बैंक सञ्चालक समितिकाको वैशाख १३ गते बसेको बैठकले थकालीलाई जेठ १४ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि नियुक्त गरेको हो ।
सांग्रिला डेभलपमेन्ट बैंकको म्यानेजमेन्ट टे«नी हुँदै कामु प्रमुख कार्यकारी अधिकृत भइसकेका थकाली हाल प्रभु बैंकको प्रमुख बिजनेस अधिकृतको रूपमा कार्यरत थिए ।
थकाली प्रभु बैंकको सहायक कम्पनी प्रभु क्यापिटलको प्रबन्ध निर्देशकमा नियुक्त भई कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन् । थकालीसँग करिब डेढ दशकको बैंकिङ अनुभव छ ।
चार्टर्ड एकाउन्टेन्ट थकालीले लण्डन स्कुल अफ इकोनोमिक्स लण्डन, विश्व बैंक वासिंगटन, एआईटी थाइल्यान्ड, फिच्ट लर्निङ सिंगापुरलगायतका प्रतिष्ठित संस्थाहरूबाट बैंकिङ तथा व्यवस्थापनसम्बन्धी विभिन्न विधामा अध्ययन तथा तालिम लिनुका साथै त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । उनी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका पूर्वमहासचिव समेत हुन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 12
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया