दोलखा । किसानलाई यतिबेला हिउँदे मुख्य बाली गहुँ भित्र्याउने चटारो छ । मंसिर पुसमा छरेको गहुँ हिजोआज खेतैभरि पहेँलपुर भएर पाकेका छन् । गहुँ समयमा पाके पनि मौसम खराबीका कारण किसानले भित्र्याउन भने पाएका छैनन् ।
केही दिनदेखिको वर्षाले खेतमै गहुँ कुहिन थालेको स्थानीय किसानको गुनासो छ । गहुँ काट्ने, चुट्ने र थन्क्याउने सिजन चलेकै समय मौसम धुम्म बन्दै लगातार झरी परेपछि किसान समस्यामा परेका हुन् । पाकेको गहुँबाली काटेर सके पनि घाम नलागेको कारण सुकाउन नपाएकाले गहुँमा कालो पसेर कुहिन थालेको स्थानीय किसान दल बहादुर राउतले बताए । उनका अनुसार यतिबेला जिल्लाका टारी खेतमा लगाइएको गहुँ काट्ने समय सुरु भएको छ । गहुँ काट्ने तथा टिप्ने चटारो चलिरहेको समयमा मौसममा आएको खराबीले जिल्लाका सबै गहुँ किसान मारमा परेको उनले बताए ।
पछिल्लो दुई सातादेखि दोलखामा मौसम खुल्न सकिरहेको छैन । लगातार मौसम धुम्म हुने तथा छिनछिनमा पानी पर्ने क्रम जारी छ । जिल्लाको बैतेश्वर गाउँपालिकाका किसानीले खेतमा गहुँ काटेर तिर्पाल ओढाएर राखेका छन् ।
यहाँका सयौँ रोपनी खेतमा लगाइएको गहुँ घाम नलागेको कारण काट्न र कुट्न समस्या भएको किसान नविन दाहालले बताए । दाहालले १० रोपनी खेतमा लगाएको गहुँ काट्न भ्याए पनि घाम नलागेको कारण कुट्न नपाएको बताए । गत वर्ष असिनाले धेरै गहुँ क्षति गरेको थियो । यसवर्ष अहिलेसम्म असिना नपरेको भए पनि पानीले गहुँ काटेर थुपारेकै ठाउँमा कुहिएर उम्रिन लागेको अर्का किसान गणेश कार्कीले बताए ।
यस्तै गहुँबालीको खेती वृद्धि भएसँगै प्रविधि पनि भित्रिएको छ । गहुँ काटेर चुट्नलाई धेरै समस्या हुने र ज्यामी पनि नपाउने समस्या रहँदै आएको बेला यहाँका किसान पछिल्लो समय प्रविधिको प्रयोग गर्दै गहुँ कुट्ने गरेका छन् । परम्परागत गहुँ झार्ने शैलीलाई त्यागेर जिल्लाका किसान थ्रेसरप्रति आकर्षित भएका हुन् । तर दुई तीन दिन गहुँ नसुकाए थ्रेसरले गहुँ नचुट्ने हुँदा किसानलाई घाम नलागेर गहुँ भित्र्याउन समस्या भएको हो । अझै मौसम खुल्न नसकेकोले गहुँ बालीमा थप क्षति हुने भन्दै यहाँका किसान चिन्तित बनेका छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया