‘लकडाउन’ प्रभाव : गहुँबाली भित्र्याउन नपाउँदा किसान चिन्तित
कञ्चनपुर,चैत २४
चारैतिर गहुँका फाँटहरू पाकेर पहेँला देखिएका छन्, चैतमासको हावाले गहुँसँग लहलाउँदो सहेली खेलिरहेको छ । किसानहरूको खुशीले मन गद्गद हुने बेलामा कोरोना र लकडाउनले सताएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको माहामारीको संक्रमण र कोरोनाको माहामारी रोक्न गरिएको लकडाउनले कञ्चनपुरका किसानहरूलाई साह्ै चिन्तित बनाएको हो । वर्षभरि खाने अन्नवाली स्याहार्नु पर्ने बेलामा कोरोनाको कारण किसान घरभित्र बस्न बाध्य भएपछि खेतमा लगाएको गहुँ उनीहरूले भित्र्याउन पाएका छैनन् । पाकेको बाली भित्र्याउन नपाएपछि वर्षभरि खान नपुग्ने र भोकमारी हुने डरले किसान चिन्तित छन् । ‘एकातिर भीडभाड भएमा कोरोनाको संक्रमण बढ्ने खतरा त अर्कातिर घरबाहिर ननिस्किन भन्दै सरकारले गरेको लकडाउन’ दुवैले यस वर्ष किसानले सहजरूपमा हरेक वर्षझै गहँु भित्र्याउन पाएका छैनन् । महेन्द्रनगरमा गहँु काटिरहेका अवस्थामा भेटिएका हल्दुखालका चाँदनी बमले कोरोना र लक डाउनको डर भए पनि बाध्य भएर गहँु काट्नु परेको दुखेसो गरिन् । ‘के गर्नु त हजुर खानै प¥यो, खानलाई बाँच्नलाई काम गर्नै प¥यो, कोरोनाको डर भए पनि काम नगरी त भएन’ उनले भनिन् ‘गहँु त काटिहाल्यौँ अब चुट्नलाई थ्रेसर पाउन ग्राह्रो छ, लकडाउन छ, ट्याक्टर चल्दैन, आफैँ चुट्नु पर्ला ।’ महिनौँदेखि छाडा गाइगोरुबाट रातदिन लागेर बचाएको बाली पाकेर काट्ने बेलामा लागेको लकडाउनले स्थानीय किसानहरूमा निराशा जगाएको छ । कोभिड–१९ कोरोना भाइरस महामारीलाई विश्वव्यापी मध्यनजर गर्दै लकडाउन अझ लम्ब्याउन सक्ने किसानहरूको अनुमान छ ।
आफूहरूले सरकारलाई लकडाउनको पूर्ण सहयोग गरेको र अन्नबाली स्याहार्नु पर्ने भएकोले बाध्य भएर आफुहरू खेतमा आएको उनीहरूले बताए । सरकारको तर्फबाट किसानहरूसँग रहेको गहँु काटने ट्रेक्टर र थ्रेसिङ गर्ने ट्रेकटरलाई सञ्चालनमा ल्याउन दिई किसानलाई सजिलै डिजलको व्यवस्था गरेमा यस्तो महाकारीको बेला खेतमा गएर काट्ने समुह पनि नहुने साथै छिटो अन्नवाली संकलन गर्न सकिने किसानहरू बताउँछन् ।यता भीमदत्त नगरपालिकाले भने किसानका लागि सुरक्षित तरिकाले गहँु भित्र्याउनका लागि पहल भइरहेको बताएको छ । भीमदत्त नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष हिमाल चन्दले यसबारे नगरपालिकाले ठोस निर्णय लिने बताए । उनले लकडाउनले किसानलाई प्रभाव पार्ने भन्दै सुरक्षित तरिकाले किसानलाई डिजेल प्रट्रोल उपलब्ध गराउन पहल भइरहेको र गहँकाट्ने काम भर्खर भइरहेकाले यकिन ठोस निर्णय नलिएको बताए । नगरपालिकाले भीडभाड नहुने गरी सुरक्षित तरिकाले काम गर्नका लागि पहल गर्ने प्रयास गरिरहको उनले बताए । यस्तै वेदकोट नगरपालिकाले भने ट्याक्टर र थ्रेसर सञ्चालनकका लागि वडा नम्बर १ का वडा अध्यक्षको नेतृत्वमा एक टिम बनाएको वेदकोट नगरपालिकाका नगरप्रमुख अशोक चन्दले बताए । उक्त टिमले ट्याक्टर र थ्रेसर सञ्चालकसँग छलफल गरिरहेको बताइएको छ । विशेष गरेर रातिको समयमा बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म कसैलाई असर नपर्ने गरेर सुरक्षित तरिकाले गहँु चुट्ने काम गरिने नगरप्रमुख चन्दले बताए । यस्तै उनले पेट्रोलियम पदार्थका लागि बेलुका ६ बजेदेखि ८ बजेसम्म पट्रोलपम्पहरूमा अनुमति दिएर भर्ने व्यवस्था गरिने बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया