निर्माताहरू भन्छन्, ‘चलचित्रको व्यापारमा गीतको भूमिका निकै ठूलो छ’
उत्कृष्ट पाँच फिल्मी गीतमा शर्माका दुई गीत
काठमाडौं । २०७९ मा रिलिज भएका हिट चलचित्र संगीतमध्ये दिपक शर्मा पहिलो नम्बरमा रहेका छन् । गएको वर्ष उत्कृष्ट पाँच फिल्मी गीतमध्ये संगीतकार दीपक शर्माको गीत सर्वाधिक दर्शकको रोजाइमा परेका छन् ।
२०७९ सालमा रिलिज भएका चलचित्रका गीतको सूची हेर्दा उत्कृष्ट पाँचमा संगीतकार दीपक शर्माका दुईवटा गीत परेका छन् । गएको वर्ष ‘मायाँ जदौ’ले युट्युबमा २६ मिलियन अर्थात् दुई करोड ६० लाखभन्दा बढी भ्युज पाएको छ । यो नै २०७९ मा रिलिज भएका चलचित्रका गीतहरूमध्ये सबैभन्दा बढी भ्युज कमाएको गीत हो । चलचित्र ‘हिजोआजका कुरा’को यो गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर छ । गीत सर्वाधिक हिट हुँदा आफ्नो चलचित्रको व्यापारमा पनि त्यत्तिकै सहयोग पुगेको निर्माता एवं अभिनेता सन्तोष पन्तले बताएका छन् ।
यस्तै २०७९ सालमा रिलिज भएका चलचित्रको गीतमा सर्वाधिक भ्युज पाएको दोस्रो स्थानको गीत चलचित्र ‘प्रेमगीत–३’को ‘हर युग होस्’ छ । एलिश कार्कीले संगीत भरेको यो गीतले साढे २२ मिलयन अर्थात् दुई करोड २५ लाखभन्दा बढी भ्युज पाएको छ । यो गीतलाई प्रताप दास र प्रविशा अधिकारीले गाएका हुन् । यो गीतको सफलताले पनि फिल्मको व्यापारमा राम्रो साथ दिएको निर्माता सन्तोष सेनको कथन छ । यसरी २०७९ सालमा संगीतकार एलिस कार्की दोस्रो स्थानमा छन् ।
यस्तो २०७९ सालमा रिलिज भएको चलचित्रको गीतमध्ये उत्कृष्ट तेस्रो स्थानमा परेको गीत पनि संगीतकार दीपक शर्माकै रहेको छ । दीपक शर्माले नै संगीत गरेको चलचित्र ‘छक्का पञ्जा ४’ को ‘दर्शन सलाम’ गीतले २२ मिलियन अर्थात् दुई करोड २४ लाख भ्युज छोटो समयमै पाइसकेको छ । राजेन्द्र थापाको रचना तथा डेबिड शंकर र सहिमा श्रेष्ठको स्वर रहेको यो गीत अहिले माथि उक्लिने क्रममै छ । विश्वव्यापीरुपमा रिलिज भएको चलचित्र छक्का पञ्जा ४ को यही गीतका कारण सर्वाधिक राम्रो व्यापार भएको यसका निर्माता एवं अभिनेता दीपकराज गिरीले बताएका छन् ।
क्याटेगोरी : मनोरञ्जन
ट्याग : #Page 8
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया