ईयू मुलुकले गरे क्रिप्टो नियमको अनुमोदन
बेल्जियम । युरोपियन युनियनमा आबद्ध राज्यहरूले मंगलबार क्रिप्टो एसेट्सलाई नियमन गर्न विश्वको पहिलो बृहद् नियमलाई स्वीकृत गरेका छन् । यो नियम स्वीकृत गर्नुको मुख्य कारण बेलायत र संयुक्त राज्य अमेरिकाजस्ता देशहरूलाई दबाब दिनु रहेको बताइएको छ । बेल्जियमको ब्रसेल्समा भएको युरोपियन युनियनमा आबद्ध मुलुकका वित्त मन्त्रीहरूको बैठकले गत अप्रिलमा युरोपेली संसद्ले स्वीकृत गरेको नियमहरूलाई अनुमोदन गरेको हो ।
क्रिप्टो एक्सचेन्ज एफटिएक्सको पतनपछि युरोपमा क्रिप्टो नियमनको आवश्यकता महसुस गरिएको थियो । स्वीडेनका अर्थमन्त्री एलिजाबेथ स्वान्टेसनले भनिन् ‘पछिल्ला घटनाहरूले यस्ता सम्पत्तिमा लगानी गरेका युरोपेलीहरूलाई अझ राम्रोसँग सुरक्षा गर्ने र सम्पत्ति शुद्धीकरण तथा आतंकवादको वित्त पोषणको उद्देश्यका लागि क्रिप्टो उद्योगको दुरुपयोग रोक्न यो नियम तत्काल लागू गर्नुपर्ने आवश्यकता छ ।’
युरोपियन युनियनभित्रका २७ देशमा रहेका क्रिप्टो एसेट्स, टोकनाइज्ड, स्टेबलक्वाइन जारी गरी कारोबार गर्न कम्पनीहरूलाई यो नियमले सुरक्षित बनाइदिएको छ ।
युरोपमा रहेका क्रिप्टो कम्पनीहरूले कारोबारको नियमनमा निश्चितता चाहिएको र अन्य देशहरूलाई पनि युरोपियन युनियनले अवलम्वन गरेका नियमहरू प्रतिलिपि गर्न दबाब दिँदै आएका छन् । उनीहरूले क्रिप्टो कारोबारमा क्रस–बोर्डर गतिविधिको लागि नियामकहरूलाई विश्वव्यापी मापदण्ड ल्याउन चाहेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया