स्वावलम्बन लघुवित्तको तेस्रो त्रैमासिक नाफा नौ करोड ८७ लाख
काठमाडौं स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा नौ करोड ८७ लाख ७५ हजार नौ सय ६९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आ।व।को सोही अवधिमा भने संस्थाको यस्तो नाफा २८ करोड ४२ लाख ३५ हजार सात सय ४६ रुपैयाँ रहेको थियो ।
हाल चुक्तापुँजी एक अर्ब २९ करोड चार लाख ९५ हजार पाँच सय रुपैंयाँ रहेको संस्थाले चालु आ।व।को तेस्रो त्रैमासमा १३ अर्ब तीन करोड ८४ लाख ८५ हजार आठ सय ३५ रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ४९ करोड ५४ लाख नौ हजार नौ सय ८० रुपैैयाँ कर्जाप्रवाह गरेको छ ।
सो अवधिमा एक अर्ब चार करोड ७५ लाख ५५ हजार चार सय ६८ रुपैयाँ खुद ब्याजआम्दानी गरेको संस्थामा १२ दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आ।व।को सोही अवधिमा भने संस्थाले ११ अर्ब ६२ करोड ४० लाख ८१ हजार पाँच सय ७५ रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ५६ करोड ९५ लाख ८६ हजार तीन सय ६१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९७ करोड आठ लाख ७३ हजार पाँच सय ५५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया