सगरमाथा र ल्होत्से हिमालबाट झण्डै १४ हजार केजी फोहोर संकलन
काठमाडौं,सफा हिमाल अभियान २०२३ अन्तर्गत नेपाली सेनाले सगरमाथा र ल्होत्से हिमालबाट झण्डै १४ हजार केजी फोहोर संकलन गरेको छ । हालसम्म यी दुई हिमालबाट १३ हजार छ सय २१ केजी फोहोर संकलन भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यस्तै, हिमाल सफाइ अभियानमा संलग्न फौजको हौसला र मनोबल बढाउने उद्देश्यले आइतबार नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप राणाले सगरमाथा आधार शिविरको स्थलगत निरीक्षण तथा अनुगमनसमेत गरेका थिए । निरीक्षणको क्रममा रथी राणाले हालसम्म भइरहेको कार्यप्रगतिको जानकारी लिँदै प्रतिकूल मौसम तथा अन्य कठिनाइहरूका बाबजुद अभियानमा संलग्न सकलदर्जाको उच्च प्रशंसा गरे । साथै, आधार शिविरमा रहेका सरोकारवाला सरकारी÷गैरसरकारी निकायका प्रतिनिधिसँग हिमाल सफाइ कार्यलाई थप प्रभावकारी बनाउन आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा पनि छलफल गरेका थिए ।
नेपाली सेनाका अनुसार सफा हिमाल अभियान अन्तर्गत नै अन्नपूर्ण र बरुञ्चे हिमालको सफाइ गरिसकिएको छ । अन्नपूर्ण हिमालबाट संकलित तीन हजार पाँच सय ६७ केजी र बरुञ्चे हिमालबाट संकलित १८ हजार पाँच सय २० केजी फोहोर स्थानीय निकाय तथा फोहोर व्यवस्थापन कम्पनीलाई व्यवस्थापनको लागि हस्तान्तरण गरिसकिएको सेनाले जनाएको छ । यस्तै, अभियानकै क्रममा सगरमाथा र ल्होत्से हिमाल आरोहणका सिलसिलामा बिरामी भई उद्धार गरिएका आरोहीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सेनाले जनाएको छ ।
क्याटेगोरी : नेपाल, समाचार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया