गोर्खाज फाइनान्सको नाफा नौ करोड १५ लाख
काठमाडौं, गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा नौ करोड १५ लाख ५४ हजार सात सय १७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा नौ करोड ४९ लाख २८ हजार पाँच सय ३४ रुपैयाँ रहेको थियो ।
हाल चुक्तापुँजी ८६ करोड ७९ लाख ९३ हजार आठ सय रुपैयाँ रहेको फाइनान्सले चालु आवको तेस्रो त्रैमासमा सात अर्ब २५ करोड ९३ लाख ५५ हजार पाँच सय १६ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ६४ करोड ८१ लाख ८० हजार दुई रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा २५ करोड ४७ लाख २२ हजार पाँच सय ११ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा छ दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने १० करोड ३६ लाख २६ हजार नौ सय ४९ रुपैयाँ रहेको फाइनान्सको स्प्रेडदर भने चार दशमलव ७३ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले सात अर्ब ५४ करोड सात लाख ४९ हजार तीन सय १७ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ७० करोड ९७ लाख ९६ हजार चार सय ८१ रुपैयाँ कर्जाप्रवाह गरेको थियो । उक्त अवधिमा १५ करोड ३५ लाख ५९ हजार नौ सय ६८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा आठ दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ६७ प्रतिशत रहेको थियो । उक्त अवधिमा फाइनान्सको वितरणयोग्य नाफा भने एक करोड ३३ लाख ६५ हजार चार सय २९ रुपैयाँ रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- जापानमा ९० लाख घर खाली
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
- एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको अवसर खोजिने
- नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभूति गर्ने
- श्रमिक दिवसमा श्रमिक महिला रक्षा संघको र्याली
- बागलुङको सय वर्ष पुरानो तामाखानी अध्ययनको अनुमति
- तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो
- एयरपोर्टमा एडुरोम सेवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया