प्रयोगकर्ताको डेटा अमेरिका पठाएको भन्दै मेटालाई जरिबाना
अमुरिका,फेसबुकको माउ कम्पनी मेटालाई युरोपेली युनियन (ईयू)ले प्रयोगकर्ताको व्यक्तिगत विवरणको गोपनीयता हनन गरेको भन्दै जरिबाना गरेको छ । ईयूको प्रमुख गोपनीयता नियामक युरोपियन डाटा संरक्षण बोर्डले मेटालाई हालसम्मकै उच्च १.२ अर्ब यूरो (१.३ अर्ब अमेरिकी डलर) जरिबाना गरेको हो ।
बोर्डले मेटालाई प्रयोगकर्ताको डाटा अमेरिका पठाउने कार्य रोक्न पाँच महिनाको समय दिएको छ । मेटाले प्रयोगकर्ताको तथ्यांक अमेरिका पठाएपछि सो जरिबाना गरिएको बोर्डले जनाएको छ ।मोटालाई गोपनीयता हनन गरेको विषयमा ईयूले लगाएको यो जरिबाना अहिलेसम्मकै धेरै हो । युरोपको सिग्नेचर डाटा गोपनीयता कानुन ‘सामान्य डाटा संरक्षण नियमावली’ उल्लंघन गरेको आरोपमा मेटालाई जरिबाना गरिएको हो ।
यसअघि गोपनीयता चुहावट गरेको विषयमा लक्जम्बर्गले ‘अमेजन इंक’लाई ७८ करोड ६० लाख यूरो जरिबाना गरेको थियो ।मेटाले विज्ञप्ति जारी गरेर ईयूको कदमविरुद्ध अपील गर्ने जनाएको छ । उसले यो विषयमा अदालत जाने समेत स्पष्ट पारेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया