काठमाडौँ युरेका लियो क्लबको सहयोगमा बाजुरामा कम्प्युटर ल्याब र पुस्तकालय स्थापना
सामाजिक कार्यमा परिचित संस्था लिओ इन्टरनेशनल सँग आबद्ध बहुजिल्ला-३२५ , जिल्ला -३२५ ‘एफ ’ अन्तर्गत पर्ने काठमाडौं युरेका लिओ क्लवले सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा सार्वजनिक पुस्तकालय र कम्प्युटर ल्याब एक कार्यक्रमका बीच हस्तान्तरण गरेँको छ ।
लिओ वर्ष २०२२/२३ का अध्यक्ष केशव पराजुलीको नेतृत्व तथा क्लवका सम्पूर्ण पदाधिकारीको सक्रियतामा सम्पन्न भएको सार्वजनिक पुस्तकालय र कम्प्युटर ल्याब बाजुराको बडीमालिका नगरपालिका ९ मा स्थापना भएको समाज सुधार युवा क्लवले पुस्तकालय संचालनमा ल्याएको छ ।
जिल्ला ३२५‘एफ ’ का अध्यक्ष तथा काठमाडौं युरेका लिओ क्लवका निवर्तमान अध्यक्ष युवराज पराजुली , कोषाध्यक्ष रिचा काफ्ले , सह कोषाध्यक्ष निर्मल राज शाही , शिक्षा तथा वातावरण संयोजक अनिशा कार्की र सह संयोजक आशीर्वाद गौतम रहेको पाच सदस्यीय टोली सार्वजनिक पुस्तकालय र कम्प्युटर ल्याबको उद्घाटन कार्यक्रममा सहभागी हुन काठमाडौं बाट बाजुरा पुगेको थियो ।
समाज सेवा र सामाजिक रुपान्तरणमा लागि परेको क्लबले युवा पुस्ताको ज्ञान सीप र क्षमता विकासमा योगदान गर्न पुस्तकालय सञ्चालन गरेको क्लवका अध्यक्ष प्रेम नेपालीले बताएका छन् ।क्लबकै स्वामित्व रहने गरी पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालयको शनिवार एक कार्यक्रमका विच बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्काले औपचारिक उद्घाटन गरेका छन् । पुस्तकालय संगै कम्प्युटर ल्याव पनि सञ्चालन गरिएको छ ।
युवा पुस्ताको सामाजिक सञ्जालमा झुण्डीरहने बानी हटाएर पढ्न बानीको विकास गर्ने उदेश्य राखेर बडीमालिका नगरपालिकासँगको सहकार्यमा पुस्तकालय र कम्प्यूटर ल्याव सञ्चालन गरिएको छ ।काठमान्डौँ युरेका लियो क्ल्बले सार्वजनिक पुस्तकालय र कम्प्युटर ल्याब स्थापनाका सहयोग गरेको हो । लियो क्लबले करिब ४ हजार भन्दा बढी पुस्तक, ५ वटा कम्प्युटर र २ वटा ल्यापटप समेत सहयोग गरेको छ । लियो क्लबका पदाधिकारी नै बाजुरा आएर किताबहरु सहयोग गरेका छन् ।
मार्तडीमा आवश्यक पुस्तक पढ्न मिल्ने पुस्तकालयको कमी छ । त्यसको रिक्तता पूर्ति र नयाँ किताबको भण्डारका रुपमा पुस्तकालयलाई विकास गर्न नगर प्रमुख अमर खड्काले सुझाव दिएका छन् ।कार्यक्रम मा बोल्दै काठमाडौं युरेका लिओ क्लवका निवर्तमान अध्यक्ष युवराज पराजुली ले यस प्रोजेक्ट लाई सफल बनाउन लागी पर्नु भएको सम्पूर्ण लाई धन्यवाद दिदै समाज सुधार क्लव लाई प्रतिफल आउने काम गरे, थप सहयोग गर्ने पनि प्रतिबद्धता गरेका थिए।
उद्घाटन समारोहमा बडीमालिका नगर उपप्रमुख नन्दा थापा, गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा, नेकपा एमाले बुढीगंगा नगरकमिटी अध्यक्ष एवम् नेपाल स्काउटका सुदुरपश्चिम् प्रदेश अध्यक्ष नरेन्द्र थापा, बडिमालिका ७ का अध्यक्ष धर्मराज पाध्याय, ८ का अध्यक्ष चन्द्र थापा, ९ का वडा अध्यक्ष सुर्यकिरण बिक, २ का वडा अध्यक्ष डम्मर महत र सामुदायिक सेवा केन्द्रका जिल्ला अध्यक्ष काल्चे दमाई लगायत सहभागिता रहेका थिए ।
तस्बिर: निर्मल राज शाही
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #Page 8
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया