हनोई । भियतनामले सन् २०३०सम्मा वार्षिक चामल निर्यात ४४ प्रतिशतले घटाएर ४० लाख टनमा झार्ने भएको छ । भियतनामले गतवर्ष ७१ लाख टन चामल निर्यात गरेको थियो ।
भारत र थाइल्याण्डपछि चामल निर्यातमा भियतनाम विश्वको तेस्रो ठूलो मुलुक हो । भियतनामले घरेलु स्तरमा खाद्यान्न सुनिश्चित गर्न, वातावरणको सुरक्षा गर्न, उच्च गुणस्टरको चामल निर्यात गर्नृ र जलवायु परिवर्तनसँग अनुकुल वातावरण निर्माणका लागि यो पहल थालिएको भियतनामी सरकारले जनाएको छ ।
चामल निर्यात गरेर भियतनामले सन् २०२२ मा तीन अर्ब ४५ करोड डलर कमाएको थियो । यो आम्दानी सन २०३० मा दुई अर्ब ४५ करोड डलरमा झर्नेछ । भियतनामले जलवायु परिवर्तनका कारण धान खेती गर्ने जग्गा खुम्चदै गइरहेको छ ।
भियतनामको हो ची मिन्ह सहर केन्द्रित धान व्यापारीहरुका अनुसार जलवायु परिवर्तनका कारण धान खेती घट्दै गएकाले केही किसानहरु अन्य बालीहरु उब्जाउन र झिंगा पाल्न थालेका छन् । केही किसानहरूले फलफूल खेती गर्न शुरु गरेका छन् । मेकोङ डेल्टाका धान किसानहरुले आफ्नो खेतमा केही भाग फलफूल खेती, आँप, अंगूर, सियार र डुरियन उब्जाउने गरेको तर अधिकांश धानमा निर्भर रहेको ब्यापारीले बताएका छन् ।
भियतनामले कुनैपनि देशमाथिको आफ्नो निर्भरता कम गर्न आफ्नो चामल निर्यात बजारलाई विधिकरण गर्ने बताएको छ । सरकारी दस्तावेज अनुसार फिलिपिन्स भियतनामकाके सबैभन्दा ठूलो चामल खरिदकर्ता हो । गएको वर्ष भियतनामले बेचेको ४५ प्रतिशत चामल फिलिपिन्सले किनेको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया