प्रमोशनमा फिल्म ‘वेलकम टु हेम्जाकोट’
कमेडी जनरामा निर्माण भएको फिल्म ‘वेलकम टु हेम्जाकोट’ टिम यतिबेला फिल्म प्रमोशनमा व्यस्त छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्देशक सरोज पौडेलले फिल्मले बेरोजगार पात्रको संघर्षको कथा पेश गर्ने बताए।
‘हामीले उठाएको विषयवस्तु काल्पनिक होइन। हामीहरूकै वरिपरिको कथा हो, त्यहि कथा फिल्ममा कमेडी तरिकाले प्रस्तुत गर्न खोजिएको छ,’ उनले भने।
अभिनेता विनोद न्यौपानेले फिल्ममा आफ्नो भूमिका महत्व र अर्थपुर्ण रहेको बताए। ‘फिल्ममा मज्जाले काम गर्ने ठाउँ पाएको छु। मैले यो फिल्मबाट केही देखाउन पाउनेछु। दर्शकले पनि केही पाउनेछन्,’ उनले भने।
अर्का अभिनेता प्रेविल कंडेलले भने, ‘यस्तो क्षमतावान् र चर्चित कलाकारसँग काम गर्न पाउनु भाग्यको कुरा हो। बुद्धि दाई लगायत हरेक कलाकारको भूमिका महत्वपुर्ण छ। सबैको कथाको मुख्य विषय र परिस्थिति अहिलेको समसामयिक परिस्थितिमै आधारित छ।’
अभिनेता बुद्धि तामाङले भने, ‘दर्शकले मलाई नियमितभन्दा भिन्न चरित्रमा देख्न पाउनुहुनेछ।’
कार्यक्रममा डेब्यू अभिनेत्री अम्बिका तामाङले आफूले गरेको पात्रबारे भनिन्, ‘मैले गाउँकी साधारण केटीको भूमिका निर्वाह गरेकी छु। जो लोकसेवा परीक्षाको तयारीमा छिन्।’
क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामालगायत कलाकारको अभिनय छ। फिल्मको कथा निर्देशक पौडेलले तयार पारेका हुन्।
क्याटेगोरी : मनोरञ्जन
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया