शैलुङमा उत्पादित गोलभेंडाको माग काठमाडौंमा बढ्दो
दोलखा । जिल्लाको शैलुङ गाउँपालिका–५ का गणेश श्रेष्ठ र नारायण श्रेष्ठ हिजोआज गोलभेँडा टिप्न, ग्रेड छुट्याउन र बिक्री गर्न व्यस्त भेटिन्छन् । केही वर्ष अघिसम्म घरायसी प्रयोजनका लागि मात्रै गोलभेँडा तथा तरकारीको खेती गर्दै आएका श्रेष्ठ दाजुभाइ हाल उदाहरणीय व्यावसायिक कृषक बनेका छन् ।
श्रेष्ठ दाजुभाइले उत्पादन गरेको गोलभेँडा जिल्लाभन्दा बढी राजधानी काठमाडौंंमा माग हुन थालेको उनीहरूले बताएका हुन् । उनीहरूले शैलुङ–५ को जितपुर गाउँमा ४९ वटा टनेलमा तरकारी खेती गरेका छन् । ४९ वटा टनेलमध्ये ४२ वटामा गोलभेँडा र बाँकी सात वटामा अन्य तरकारी लगाएको कृषक नारायण श्रेष्ठले बताए । उनका अनुसार गत वैशाखमा रोपेको गोलभेँडा हाल बेच्ने बेला भएको छ । गत वर्षको भन्दा अहिले गोलभेँडा उत्पादन र आम्दानी दुवैमा वृद्धि भएको उनले बताए ।
कृषक गणेश श्रेष्ठका अनुसार दाजुभाइ मिलेर परम्परागत खेतीलाई व्यावसायिक तरकारी खेतीमा रूपान्तरण गर्न उनीहरूले करिब ३५ लाख रुपैयाँ लगानी गरेकोे बताए । उनले हाल तरकारी खेतीबाट प्रत्येक वर्ष ४५ लाखदेखि ६५ लाखसम्म आम्दानी गर्ने गरेको बताए ।
श्रेष्ठ भन्छन्, ‘यस वर्ष गोलभेँडा राम्रो फलेको छ । करिब दुई लाखको गोलभेँडा काठमाडौं पठाइसकेको छौँ ।’ जिल्ला सदरमुकाम चरिकोट पनि गोलभेँडा दिन पालो गरेर पठाउने गरेको उनले बताए । काठमाडौंमा भने ग्रेड छुट्याएर पठाउने गरेको उनको भनाइ छ । टनेलबाट टिपेको गोलभँेडालाई दुईवटा ग्रेड वर्गीकरण गरेर जिल्लाभित्र र बाहिर पठाउने गरेको श्रेष्ठले बताए । काठमाडौं धेरैजसो ठूलो खालको गोलभेँडा पठाउने गरेकाले पछिल्लो समय माग पनि बढिरहेको उनले सुनाए । यता जिल्ला सदरमुकाम चरिकोटमा भने सुजाता, सिर्जना जातको गोलभेँडाको माग बढी हुने गरेको छ । साउनदेखि पुससम्म नियमित काठमाडौं, चरिकोट र मन्थली बजारमा आफूहरूको फार्मबाट उत्पादित गोलभेँडा खपत हुने गरेको श्रेष्ठले बताए । अहिले उनीहरूको फार्ममै गोलभेँडा तथा तरकारी बिक्री हुने गरेको छ । व्यवसायीहरू दिन बिराएर गोलभेँडा तथा तरकारी लिन आउने गरेका छन् ।
श्रेष्ठ दाजुभाइले तरकारी मात्रै नभएर किबी खेती समेत सुरु गरेका छन् । १० रोपनी जग्गामा उनीहरूले गत वर्षदेखि व्यावसायिकरूपमै किबी खेतीको पनि सुरुवात गरेका हुन् । आम्दानी र उत्पादनसँगै यस वर्ष श्रेष्ठ दाजुभाइले व्यवसायमा रोग लाग्दा क्षति पनि व्यहोर्नुपरेको छ । फार्मका चारवटा टनेलमा लगाइएको सुजाता जातको करिब १७ सय बोट गोलभेँडामा रोग लागेर नष्ट भएको थियो । तीन हजार बिरुवामध्ये १७ सयवटा सुजाता जातका गोलभेँडामा सुक्ने तथा ओइलाउने रोग लागेको श्रेष्ठ दाजुभाइले बताए ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया