Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिप्रविधिको अभावमा बर्सेनि करिब ३ टन आरु खेर जाँदै

प्रविधिको अभावमा बर्सेनि करिब ३ टन आरु खेर जाँदै


महेन्द्र शाही
सोलुखुम्बु, असार १८
सोलुखुम्बुको बागबानी केन्द्र फाप्लुले उत्पादन गरेको करिब ३ टन आरु बोटमै कुहिएर खेर गएको छ । केन्द्रमा बर्सेनि उत्पादन हुने आरु प्रशोधन गर्ने प्रविधि नहुँदा कुहिएर खेर गएको हो । प्रविधिको अभावमा केन्द्रले उत्पादन गर्ने २ देखि ३ टन आरु बर्सेनि खेर जाने गरेको केन्द्रका निमित्त प्रमुख उपेन्द्र ठाकुरले बताए । प्रविधिको अभाव हुन र सिजनमा सबैकोमा आरु हुने भएकाले बागबानीको आरु खेर गइरहेको उनको भनाइ छ ।

बागबानीमा लगाइएको करिब ७० बोट आरुबाट बर्सेनि २÷३ टन आरु उत्पादन हुने भए पनि प्रशोधन गर्ने उपयुक्त प्रविधि नहुँदा यत्तिकै खेर फाल्नुपरेको बागबानी केन्द्रले जनाएको छ । आरु कुहाउनुको विकल्प नरहेको ठाकुरको भनाइ छ । बागबानी अवलोकन गर्न आउनेहरूले केही मात्रामा खरिद गर्ने भए पनि अधिकांश आरु खेर जाने गरेको छ ।

केन्द्रमा घुम्न आउनेहरू पनि मौसमअनुकूल भएको खण्डमा मात्रै बागबानी अवलोकन गर्न आउने भएकाले अरु समयमा बिक्री नहुने उनको भनाइ छ । तर, यसवर्ष निरन्तरको वर्षातका कारण उत्पादन भएका आरु कुहिएर खेर गएको केन्द्रले जनाएको छ । टिप्ने सिजनमा बर्सातका कारण टिप्न नसक्दा त्यतिकै कुहिएर खेर गएको केन्द्रका निमित्त प्रमुख ठाकुरको जानकारी दिए । अहिले बागबानी केन्द्रमा आरु पाकेको छ र त्यो खेर गइरहेको छ । अबको केही दिनपछि आरुबखडा पाक्छ त्यो पनि खेरनै जान्छ ।

विगतका वर्षहरूमा केही मात्रामा बागबानी घुम्न आउने अवलोकनकर्ताहरूले खरिद गरेर लैजाने गरेको भए पनि यस वर्ष बर्सातका कारण बोटमै कुहिएको आरुबाट जाम, वाइन, जुस बनाउन सकिने कृषि विज्ञहरूको भनाइ छ । यी चिजहरू उत्पादन गर्नका लागि आवश्यक पर्ने मेसिन तथा जनशक्तिको व्यवस्थापन गर्न सकेको खण्डमा आरु तथा आरुबखडाबाट आम्दानी हुने र रोजगारी पनि प्राप्त गर्न सकिने थियो । यसतर्फ सम्बन्धित निकायका ध्यान जान जरुरी देखिन्छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया