सहकारी संघ बाँकेको निक्षेप २ करोड ७९ लाख
बाँके पुस २०
बाँके क्षेत्र नं. ३ ‘क’ प्रदेशसभा सदस्य इन्द्र प्रसाद (आईपी) खरेलले राजनीतिक परिवर्तन भएसँगै जनताको आर्थिकस्तरमा परिवर्तन ल्याउनका लागि सहकारीहरुले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । जिल्ला सहकारी संघ बाँकेले शुक्रबार आयोजना गरेको आफ्नो २८औं वार्षिक साधारणसभामा बोल्दै प्रदेशसभा सदस्य खरेलले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले नेपाल सरकारले लिएको ‘समृद्व नेपाल, खुसी नेपाली’को नारालाई पूरा गर्नका लागि सहकारीहरु नै प्रमुख क्षेत्र भएको बताउँदै जनताको जीवनलाई आर्थिक रुपमा सहज बनाउन सहकारीहरु लागिपर्नुपर्ने बताएका छन् । सहकारीको अवधारणा कम्युनिष्टसँग मिल्दोजुल्दो भएकाले वर्तमान सरकारले सहकारी अभियानलाई प्रभावकारी बनाउनका लागि विशेष नीति लिनुपर्नेमा उनले जोड दिएका छन् ।
कार्यक्रममा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदीले जिल्ला सहकारी संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७५/०७६ मा संघको सेयर पुँजी २१ लाख ४९ हजार, निक्षेप संकलन २ करोड ७९ लाख, ऋण लगानी २ करोड ९ लाख, कुल मुनाफा १ लाख २० हजार रहेको जानकारी दिएका छन् । साथै उनले जिल्ला सहकारी संघले बाँके जिल्लाभित्रका सहकारी संघ/संस्थाहरुको विकास तथा प्रवर्द्धन गर्ने, आफ्ना सदस्य/संस्थाहरुको व्यावसायिक तथा आर्थिक विकासका लागि सहयोग गर्ने, सदस्य संघ/संस्थाहरुबीच समन्वयन कायम गर्ने उद्देश्य लिएको जानकारी दिएका छन् ।
कार्यक्रममा बोल्दै नेफस्कुनका महासचिव दामोदर अधिकारीले जिल्ला सहकारी संघ बाँकेले सहकारीको सिद्वान्त र मूल्य मान्यताबमोजिम अगाडि बढेर विविध कार्य गर्दै देशकै उत्कृष्ट सहकारी संघ बन्दै गएको महसुस आफूले गरेको बताएका छन् । साथै उनले जिल्ला सहकारी संघले सहकारी संस्थाहरुले बचत संकलन र ऋण प्रवाहमा मात्र सीमित नरहेर अब सदस्यहरुलाई ठूलो बचत गर्न सक्ने र ठूलो ऋण खानसक्ने क्षमता अभिवृद्धि गराउनतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंककी सञ्चालक सदस्य विजया धिताल जिल्ला सहकारी संघ बाँकेले जिल्लामा रहेका सहकारीहरुको विकास र समृद्विका लागि विशेष कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने भन्दै राष्ट्रिय सहकारी बैंकले संघलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् । कार्यक्रममा जीवन जिउने कला अभियानका उत्प्रेरणात्मक अभियान्ता कन्चन घिमिरेले सहकारी अभियानलाई सफल बनाउन सहकारी अभियानकर्मीहरुमा सकरात्मक सोचको विकास हुन आवश्यक रहेको बताएका छन् ।
साथै उनले सहकारी क्षेत्रमा काम गरिरहेका व्यक्तिहरु सामाजिक क्षेत्रमै केन्द्रित हुने भएकाले जीवनलाई सहज र सरल बनाउन समेत जोड दिएका छन् । जिल्ला सहकारी संघ बाँकेका प्रबन्धसञ्चालक नवराज उपाध्यायले सहजीकरण गरेको कार्यक्रममा संघमा आवश्यक सहकारीका सदस्यहरुको सहभागिता रहेको थियो ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया