ओम् शिवा बहुमुखी सहकारीको नाफा ३३ करोड ९५ लाख

काठमाडौं ।
ओम् शिवा बहुमुखी सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ मा ३३ करोड ९५ लाख रूपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । यस्तै संस्थाको सेयर पुँजी दुई करोड नौ लाख रूपैयाँ, बचत (निक्षेप) तीस करोड ९२ लाख, कर्जा सापट २२ करोड ८० लाख, लगानी नौ करोड ४९ लाख, सापटी एक करोड ४० लाख रहेको छ । संस्थाको कूल सम्पत्ति ४० करोड २६ लाख रूपैयाँ रहेको सहकारीले जनाएको छ ।
साथै संस्थाको २०औँ वार्षिक साधारणसभाले सेयरधनीलाई लाभांश १६ दशमलब ८४ प्रतिशत दिने घोषणा समेत गरेको छ । गत शनिबार भर्चुअल माध्यमबाट भएको साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७६/०७७ को आर्थिक प्रगति विवरण, वार्षिक प्रगति विवरणलगायत विभिन्न निर्णयहरूलाई पारित गरेको छ । साथै सभाले संस्थाको नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति समेत निर्विरोध चयन गरेको छ । संस्थाको अध्यक्षमा अशोकप्रसाद मल्ल र उपाध्यक्षमा सुरेन्द्रलाल राजभण्डारी चयन भएका छन् ।
यस्तै सञ्चालक समितिको सदस्यमा ज्ञानेन्द्रचन्द्र श्रेष्ठ, विराटपूर्ण श्रेष्ठ, सुर्दशन रघुवंशी र उत्तमदास श्रेष्ठ चयन भएका छन् । साथै लेखा सुपरिवेक्षण समितिको संयोजक सालिकराम भण्डारी र सदस्यहरूमा मिना श्रेष्ठ र रिजा श्रेष्ठ चयन भएका छन् । साथै सभाले कार्यकारी अध्यक्ष ईश्वरबहादुर रघुवंशीलाई संस्था संस्थापना गरी विगत २१ वर्षदेखि सेवा गरेको भन्दै सम्मान समेत गरेको छ ।
सहकारी ऐन २०७५ अनुसार उनले कार्यकारी अध्यक्षको पद छोडी नव निर्वाचित सञ्चालक समितिले पूर्ण सक्षमता साथ सहकारीको मूल मन्त्र इमान्दारीता र पारदर्शितालाई हृदयगंम गरी संस्था चलाउने पूर्ण विश्वास व्यक्त गरे । उनले अब नव गठित सञ्चालक समितिको निर्णयानुसार कार्यकारी प्रमुख भई कार्य सञ्चालन गर्ने बताइएको छ ।
ताजा अपडेट
- अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु-याउने प्रस्तावमा सहमति जुटेन
- भारतले यो वर्ष अहिलेसम्मकै धेरै परिमाणमा गहुँ र चामल उत्पादन गर्ने
- बंगलादेशलाई अतिकम विकसित देशबाट माथि लैजान राष्ट्रसंघीय समितिको सिफारिस
- भारतको ओमेगा सेइकीले बंगलादेशमा विद्युतीय सवारीसाधन उत्पादन गर्ने
- ट्रेडमार्क संरक्षण गर्ने म्याड्रिड सिस्टममा जोडियो पाकिस्तान
- खानेपानी व्यवस्थापन तथा संरक्षणको महत्व
- सीप हातमा रोजगारी साथमा
- बजार परिसुचक २४ सय ७४ अंकमा
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया