Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिबीमाका कारण स्याउकिसानलाई राहत

बीमाका कारण स्याउकिसानलाई राहत

शिखर इन्स्योरेन्सद्वारा स्याउकिसानलाई साढे दुई करोड भुक्तानी


काठमाडौं ।
शिखर इन्स्योरेन्सले मौसम सूचकांकमा आधारित स्याउ खेतीको बीमा गरेका कर्णालीका किसानलाई दुई करोड ५५ लाख रूपैयाँबराबरको दाबी रकम भुक्तानी गरेको छ । माथिल्लो कर्णालीका जुम्ला, कालिकोट र मुगुका गरी एक हजार तीन सय ९१ जना किसानलाई दुई करोड ५५ लाख दाबी भुक्तानी हस्तान्तरण गरिएको हो । जुम्ला जिल्लामै सबैभन्दा बढी सात सय बिरुवाको बीमा गराउने पातारासीका किसान अधिराज विष्टले एक लाख ८९ हजारबराबरको भुक्तानी रकम बुझेका छन् ।

भुक्तानी पाएपश्चात् विष्टले शिखर इन्स्योरेन्सले समग्र कर्णालीका किसानको मर्म र सहायताका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । जुम्लामा सात सय ४७ जना किसानले ४९ हजार बिरुवाको बीमा गराएका थिए । जुम्लामा मात्र प्रतिबिरुवा दुई सय ७० रूपैयाँका दरले एक करोड बीमा दाबी रकम भुक्तानी गरिएको छ । यसैगरी, प्रतिबिरुवा सय ७० रूपैयाँका दरले कालिकोटका तीन सय २६ किसानले ७० लाख २० हजार दाबी भुक्तानी पाएका छन् । कालिकोटमा तीन सय २६ जना किसानले दुई हजार छ सय बिरुवाको मौसमी सूचकांकमा आधारित स्याउबीमा गराएका थिए ।

यस्तै मुगुका तीन सय १८ जना किसानले एक हजार नौ सय बिरुवाको बीमा गरेबापत ५१ लाख रूपैयाँबराबरको भुक्तानी पाएका छन् । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यलय जुम्लाले बीमा गरेका किसानलाई घरदैलोमै गएर क्षतिपूर्ति रकम अर्थात् दाबी भुक्तानी दिएको बीमा कम्पनीका कर्णाली इन्चार्ज ऋषिराम पाण्डेले बताए । कर्णालीका किसानहरूले गत वर्ष नै स्याउ फल्ने बेला स्याउ खेतीको बीमा गरेका थिए । सोही बीमा गराएका कारण उनीहरूले अहिले दाबी भुक्तानी पाएका हुन् ।

असिना र सुख्खा खडेरीले क्षति पु¥याएको तथा स्याउ उत्पादन घट्दा घाटा व्यहोरेका किसानले बीमा रकम पाउँदा राहत महसुस गरेका छन् । शिखर इन्स्योरेन्सले पाँच वर्षअगाडि मौसमी सूचकांकको आधारमा गरिने बीमामा स्याउखेतीका लागि नै भनेर कर्णाली प्रदेशमा यो बीमा पोलिसी सुरु गरेको थियो । गएको तीन वर्षयता हरेक वर्ष शिखर इन्स्योरेन्सले स्याउ किसानहरूलाई दाबी भुक्तानी गर्दै आइरहेको छ ।

सुरुको वर्ष ४७ जना किसानले स्याउको बीमा गराएका थिए भने गत वर्ष १८ सय किसानले स्याउ खेतीको बीमा गराए । असिना र सुख्खा खडेरीले क्षति पु-याएका तथा स्याउ उत्पादन घट्दा घाटा व्यहोेरेका किसानले बीमा रकम पाउँदा राहात महसुस गरेका छन् । आगामी दिनमा शिखर इन्स्योरेन्सले मौसम सूचकांक बीमा योजनालाई विभिन्न जिल्लामा विस्तार गर्ने योजना बनाएको जनाएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया