Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिबैतेश्वरमा अदुवा उत्पादन राम्रो बिक्री गर्न भने बजार अभाव !

बैतेश्वरमा अदुवा उत्पादन राम्रो बिक्री गर्न भने बजार अभाव !


दोलख । दोलखाको बैतेश्वर गाउँपालिकाका किसानहरूले गरेको अदुवा खेतीले राम्रो उत्पादन दिएको छ । तर बिक्रीको लागि भने बजार अभाव रहेको किसानहरूको गुनासो छ । किसानलाई व्यावसायिक बनाउन गाउँपालिकाले गत वर्षको पकेट अनुदानको रकम किसानहरूलाई विभिन्न कृषिखेती गर्न उपलब्ध गराएको थियो । गाउँपालिकाले कृषि पकेट कार्यक्रमको अनुदान रकम गाउँपालिका आठवटै वडामा वितरण गरेको थियो ।

उक्त अनुदान रकमले गाउँपालिका वडा नम्बर ३ मिर्गेका किसानले भने अदुवा खेती गर्न प्रयोग गरेका थिए । अदुवा उत्पादन सुरुकै वर्षमा राम्रो भएको अदुवा किसान पुष्कर बस्नेतले बताए । उनले अदुवा खेती गर्नको लागि गाउँपालिकाले दुई लाख २३ हजार रूपैयाँ अनुदान दिएको बताए । अदुवा खेतीको उत्पादन राम्रो भए पनि बजारको अभावले बिक्री गर्न समस्या भएको उनको भनाइ छ । बस्नेतले अदुवा खेती सुरु गरेको छ महिना नबित्दै उत्पादन दिन सुरु गरेको बताए । उनले पहिलो सिजनमा आफ्नो कृषि फार्मबाट सात सय केजी अदुवा निकालेर बिक्री गर्नलाई तयारी अवस्थामा राखेको बताए ।

गाउँपालिकाले किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउन गतवर्ष गाउँपालिकाभित्रका आठवटा वडामा रहेका फार्मलाई २१ लाख अनुदान दिएको थियो । गाउँपालिकाले वडा नम्बर–१ मा किबी पकेट कार्यक्रमको लागि अनुदान छुट्याएको छ । त्यसैगरी वडा नम्बर २ र ३ मा मसला बाली पकेट कार्यक्रमअन्तर्गत अदुवा खेती बेसार खेतीको लागि अनुदान दिएको थियो । त्यसैगरी वडा नम्बर ४, ५ र ६ मा प्लास्टिकको टनेलमा गोलभेँडा पकेट कार्यक्रम, वडा नम्बर–७ मा कफी पकेट कार्यक्रम र वडा नम्बर–८ आलुमा पकेट कार्यक्रमको लागि अनुदान दिएको बैतेश्वर गाउँपालिका कृषि शाखाका प्रमुख होमप्रसाद दाहालले जानकारी दिए ।

गाउँपालिकाले राष्ट्रिय र स्थानीय महत्वका खाद्य तथा पोषण सुरक्षामा टेवा पु¥याउने, बाली वस्तुको साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम सञ्चालन गर्न र बाख्राको साना व्यावसायिक पालन कृषि उत्पादन कृषि केन्द्र पकेट विकासको कार्यक्रम सञ्चालन गर्न विभिन्न शीर्षकमा अनुदान दिने गरेको छ । गाउँपालिकाले चालू वर्षमा पनि कृषिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको गाउँपालिकाका योजना अधिकृत रबिन्द्र चौलागाईंले जानकारी दिए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया