Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिपाँच सय बढी पशुको स्वास्थ्य जाँच

पाँच सय बढी पशुको स्वास्थ्य जाँच


गल्याङ, फागुन ६
कृषि र पशुमा विशेष जोड दिएको स्याङ्जाको गल्याङ नगरपालिका ११ जिमुवामा पशु स्वास्थ्यशिविर सम्पन्न भएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको आयोजना तथा गल्याङ नगरपालिकाको समन्वयमा भएको शिविरमा पाँच सयभन्दा बढी पशुको स्वास्थ्य जाँच गरिएको छ । करिब दुई सय घरपरिवारका पाँच सयभन्दा बढी पशुको गोबर जाँच तथा स्वास्थ्य परीक्षण गरिएको गल्याङ नगरपालिका पशु शाखा प्रमुख सुशील अर्यालले जानकारी दिए ।

शिविरमा दुई सय ५३ वटा पशुको गोबर परिक्षण गरिएको छ भने दुई सय ६३ वटा पशुको स्वास्थ्य परिक्षण गरी औषधि उपचार गरिएको छ । शिविरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख विश्वनाथ गौतम, गल्याङ नगरपालिकाका पशुशाखा प्रमुख सुशील अर्याल, पशु चिकित्सक डाक्टर अनिस सापकोटा, प्राविधिक डिल्लिराम अर्याल, अर्जुन जिटी, खेम राना लगायतले सहजीकरण गरेका थिए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया