सुजुकीको पहिलो बम्पर उपहार धरानका रिजाललाई
काठमाडौं । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले चाडपर्वको अवसर पारेर ल्याएको अफरको बम्पर विजेता घोषणा गरेको छ ।
सुजुकीले सार्वजनिक गरेको ‘बाँडौँ खुसी चढौँ सुजुकी’ योजनाअन्तर्गत फेसबुक लाइभमार्फत योजनाका पहिलो बम्पर विजेता घोषणा गरिएको हो । सोअनुसार धरानका राजु रिजालले पहिलो बम्पर उपहारमार्फत १० ग्राम सुनको सिक्का जित्न सफल भएका छन् । रिजालले धरानस्थित नवदुर्गा अटो प्यालेसबाट एक्सेस १२५ सीसी बीएस ६ खरिद गरेका थिए । यस योजना लागू भएदेखि प्रत्येक १५ दिनमा देशभरका खरिदकर्ताहरुलाई समावेश गरी गरेको लक्की ड्रमार्फत रिजाल पहिलो विजेता बन्न सफल भएको कम्पनीले जनाएको छ ।
कम्पनीले सार्वजानिक गरेको योजनाअन्तर्गत ग्राहकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार छुट वा कुनै पनि सुजुकी ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार तथा अन्य कुनै ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्राहकहरुले १० हजार रुपैयाँ थप मूल्यांकन प्राप्त गर्न सक्नेछन् । साथै शून्य प्रतिशत फाइनान्सको सुविधाका साथै एक वर्ष रोड ट्याक्स फ्री हुने समेत कम्पनीले जनाएको छ । साथै यो योजनाअन्तर्गत हरेक १५ दिनमा लक्की ड्रमार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहाकलाई उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया