Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालगञ्जको ‘भ्यु होटल सिद्धार्थ’लाई साउथ एसियन ट्राभल अवार्ड

नेपालगञ्जको ‘भ्यु होटल सिद्धार्थ’लाई साउथ एसियन ट्राभल अवार्ड


काठमाडौं । सिद्धार्थ बिजनेस ग्रुपद्वारा नेपालगञ्जमा सञ्चालित भ्यु होटल सिद्धार्थ ‘साउथ एसियन ट्राभल अवार्ड २०२३’ बाट सम्मानित भएको छ । मिटिङ तथा कन्फ्रेरेन्स होटल/रिसोर्टमा नेतृत्वदायी भूमिका खेलेको भन्दै सो अवार्डबाट होटललाई सम्मानित गरिएको ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले बताए ।

नेपालसहित विभिन्न छ राष्ट्रको प्रतिनिधित्व रहेको यस संस्थाले हरेक वर्ष पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा क्रियाशील विभिन्न कम्पनीलाई अवार्ड दिँदै आएको छ । जसअन्तर्गत यस वर्षको सो अवार्ड होटल सिद्धार्थ नेपालगञ्जले पाएको हो । होटलका तर्फबाट सो अवार्ड कार्यक्रममा ग्रुपका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपाने, कर्पोरेट सेल्स एन्ड मार्केटिङ म्यानेजर निर्पेश श्रेष्ठ र क्लस्टर सेल्स एन्ड मार्केटिङ म्यानेजर नवीन भट्टले सहभागी थिए । होटल सिद्धार्थमा विभिन्न क्षमताका छवटा हल छन् । ११ सय जनाभन्दा बढी अट्ने हलसहितका अन्य हलहरूमा विभिन्न सभा÷सम्मेलन गर्न सकिने होटलले जनाएको छ । फोर स्टार स्ट्याण्डर्डको यस होटल विसं २०६५ भदौदेखि सञ्चालनमा आएको हो ।

होटलमा स्विट, जुनियर स्विट, फ्यामिली स्विट, डिलक्स र स्ट्याण्डर्ड प्रकृतिका एक सय २५ वटा कोठा छन् । फाइभ स्टार स्ट्यान्डर्डको सेवाहरू दिँदै आएको यस होटलमा रेस्टुरेन्ट, इन्टरनेसनल कुजिन, रुफटम रेस्टुरेन्ट, पुल बार, डे डाइनिङलगायतका सुविधा छन् । जहाँ ग्राहकले आफ्नो रुचिअनुसारको अनुभव लिन सक्नेछन् । होटलमा १३ हजार पाँच सय स्क्वायर फिटमा फैलिएको ब्यांक्वेट हल छ । साथै स्पा, सलोन र फिटनेस सेन्टर समेत रहेको छ । होटलबाट नजिकैको दूरीमा नेपालगञ्जको प्रसिद्ध बागेश्वरी मन्दिर, नेपालगञ्जको पुरानो बजार, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, सन्तानेश्वर मन्दिर, महेन्द्र पार्कलगायत छन् ।

लक्ष्मण न्यौपानेले भारतको रोजगारीबाट फर्केर २५ वर्षअघि कैलालीको टिकापुरमा सानो व्यवसायबाट सुरू गरेको व्यवसाय अहिले विस्तार भएर सिद्धार्थ ग्रुप देशैभर फैलिएको छ । ग्रुपले पहिलो पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको छ । यस्तै चितवनको सौराहामा सिद्धार्थको लग्जरी रिसोर्ट केही समयभित्रै खुल्ने बताइएको छ । सिद्धार्थ हस्पिटालिटीले जुम्ला र इलाममा ’एग्रो टुरिजम’ थिममा लक्जरी रिसोर्ट निर्माणको तयारी समेत गरिरहेको छ । जसअनुसार जुम्लामा स्याउ बगानसहितको लक्जरी रिसोर्ट र इलामको चिया बगानभित्र लक्जरी रिसोर्ट निर्माण तयारी गरेको न्यौपानेले जानकारी दिए ।

ग्रुपले नेपालगञ्ज र सुर्खेतमा चार तारे सिद्धार्थ होटल तथा चन्द्रौटामा लग्जरी रिसोर्ट ‘सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्ट’ सञ्चालन गरिरहेको छ । चिसापानीको सिद्धार्थ रिसोर्ट, पृथ्वी राजमार्गको चुम्लिङटारको सिद्धार्थ रिभरसाइड रिसोर्ट रहेका छन् । बुटवल, नेपालगञ्ज, तिनकुने, घोबिघाट र पुरानो बानेश्वरमा सिद्धार्थ कटेज सञ्चालनमा छन् । यस्तै ग्रुपले महाराजगञ्जमा दुईवटा तथा तीनकुने र नेपालगञ्जमा एक एकवटा गरी चारवटा एस क्याफेको आउटलेट सञ्चालन ल्याएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया