Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएभरेस्ट एसिया लिडरसिप समिटको घोषणा

एभरेस्ट एसिया लिडरसिप समिटको घोषणा


काठमाडौं । फोर एच नेपालले काठमाडौंमा एभरेष्ट एशिया लिडरसिप समिट गर्ने घोषणा गरेको छ । फोर एच नेपालले एक प्रेस वक्तव्य जारी गरी सन् २०२५ आयोजना गर्ने गरी समिटको घोषणा गरेको हो ।

उक्त समिटमा नेपालसहित विश्वका कम्तीमा ३० ओटा देशहरूबाट लगभग दुई सय जना सहभागी हुने जनाइएको छ । समिटमा विश्व परिवेशमा एसिया नेतृत्व, जलवायु परिवर्तनमा एसियाको भूमिका, विश्वका लागि एसियाली अर्थतन्त्र, युवा रोजगार र प्रविधिका विकास, सांस्कृतिक आदानप्रदान लगायतका विषयमा कार्यपत्र तथा कार्यशाला आयोजना गरिनेछ । साथै, नेपालको पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय भ्रमणको कार्यक्रम समेत रहेको फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीले जनाएका छन् ।

सम्मेलनमा सरकारका प्रतिनिधि, फोर एच संस्था, अन्तर्राष्ट्रिय संघ­÷संस्था, दातृ निकाय, विश्वविद्यालय, निजी क्षेत्र, बहुराष्ट्रिय कम्पनी, अनुसन्धानकर्ता, कानुन विज्ञ, युवा उद्यमीलगायतको सहभागिता रहने जनाइएको छ । एभरेस्ट एसिया लिडरसिप समिटको लोगो समेत सार्वजनिक गरिएको छ । समिटको मिति र स्थान तथा सहभागी हुने प्रक्रियाको बारेमा भनेपछि जानकारी गराइने आयोजकले जनाएको छ  ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया