Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबुढीगण्डकी जलविद्युत् आयोजना पीपीपी मोडलमा बनाउन आग्रह

बुढीगण्डकी जलविद्युत् आयोजना पीपीपी मोडलमा बनाउन आग्रह


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बुढीगण्डकी जलविद्युत् आयोजना पीपीपी मोडलमा बनाउन आग्रह गरेका छन् । गोरखा चेम्बर अफ कमर्सको आयोजनामा भएको कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धन मेलालाई सम्बोधन गर्दै उनले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा उनले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया तत्काल सुरु गर्नुपर्ने बताए । उनले भने, ‘नेपालबाट भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता भएको छ, यसलाई कार्यान्वन गर्नका लागि पनि बढुगण्डकी जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अघि बढाउन आवश्यक छ । निजी क्षेत्र लगानीका लागि तयार छ ।’ उनले विद्युत् निर्यातबाट विद्यमान व्यापार घाटा कम गर्न सकिने औँल्याए । अर्को प्रसंगमा अध्यक्ष मल्लले नेपालको आर्थिक विकासका लागि जलविद्युत्, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर नीति योजना तर्जुमा हुनुपर्नेमा जोड दिए ।

कृषिलगायतका स्थानीय उत्पादनको बजारीकरण एवम् प्रवद्र्धनका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुनुपर्ने अध्यक्ष मल्लको भनाइ छ । नेपालको जडीबुटीलाई प्रवर्द्धन एवम् प्रशोधन गरी निर्यात गर्नुपर्नेमा उनले दिए । उनले भने, ‘नेपालमा प्रशोधित जडिबुटीको छिमेकी चीनलगायतका देशमा माग उच्च रहेको छ ।’ मुलुकको अर्थतन्त्र शिथिल हुँदै जाँदा नागरिकको क्रय क्षमता समेत कमजोर हुँदै गएको अध्यक्ष मल्लले बताए । मूल्यवृद्धि नियन्त्रण गरेर नागरिकको दैनिकीलाई सहज बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदरका कारण अझै पनि कर्जा विस्तार हुन नसकेको उनको भनाइ थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया