Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगघरेलु उद्योगमा तीन लाखलाई रोजगारी

घरेलु उद्योगमा तीन लाखलाई रोजगारी


मोरङ । मोरङ जिल्लामा साना तथा घरेलु उद्योग संघअन्तर्गत ३० हजारभन्दा बढी उद्योग सञ्चालनमा रहेका तथा तिनमा ४५ अर्ब लगानी हुनाका साथै तीन लाखले रोजगारी पाएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको आगामी चैत ३ गते विराटनगरमा हुने २५औँ साधारणसभा र १२औँ जिल्ला अधिवेशनका सन्दर्भमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चेतनाथ निरौलाले उक्त जानकारी दिएका हुन् ।

अधिवेशनमा जिल्लामा उत्पादित कृषि, पशु, हस्तकला, स्थानीय उत्पादित विभिन्न वस्तुहरू, चिया, छुर्पी, ढाकाका कपडा, जुत्ता, चप्पल, सौन्दर्य सामग्रीसहित एक दिवसीय प्रदर्शनीको आयोजना गरिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बिबिध
ट्याग : #page 2

तपाईको प्रतिक्रिया