एलजीको निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प
काठमाडौँ । अन्तर्रास्ट्रिय ब्राण्ड एलजीले निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प योजना सार्वजनिक गरेको छ । सबै मौसमका लागि एलजी एसी नाराका साथ अघि बढिरहेको कम्पनीले बिहीबारदेखि सीमित अवधिको लागि यो योजना सार्वजनिक गरेको हो ।
यस योजनाअन्तर्गत कुनै पनि ब्रान्डको एसीमा निःशुल्क एसी सर्भिसिङ पाइनेछ । साथै, जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा उक्त पुरानो एसीमा बिगतको भन्दा ५० प्रतिशतसम्मको थप मूल्याङ्कन गरी एलजीको उच्च गुणस्तरीय एसीसँग साट्न सक्नेछन् । यस्तै, कम्पनीको वेवसाइट सिजीइलेक्स डटकम÷एक्सचेन्जमा गई आफ्नो पुरानो एसीको मूल्याङ्कन आफैँ पनि गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो सुविधा र सर्भिस लिनको लागि टोल फ्रि नं १६६–००–१००–२११ वा ०१–५९७०२११ मा अथवा एलजीको सामाजिक सञ्जाल पेजमार्फत आफ्नो विवरण रजिस्टर गराउनु पर्नेछ । रजिस्टरपश्चात एलजीका टेक्निसियन घरमै गई यो सुविधा प्रदान गर्नेछन् । यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुट समेत दिएको छ ।
यस्तै, नयाँ एलजीको एसी खरिद गर्दा १८ प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको कम्पनीले जनाएको छ । नयाँ एसीमा चार हजार रुपैयाँ बराबरको फ्रि इन्सटलेसन पनि पाइनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया