Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोकाकोलाले नेपालका लागि बनायो गिनिज वर्ल्ड रेकर्ड

कोकाकोलाले नेपालका लागि बनायो गिनिज वर्ल्ड रेकर्ड


काठमाडौं । कोका–कोलाले नेपालमा ‘द लार्जेस्ट मोमो पार्टी’को लागि गिनिज वर्ल्ड रेकर्ड बनाएको जनाएको छ । कम्पनीका अनुसार नेपालीले कोक र मोमो निकै मन पराउने गरेका छन् । काठमाडौंस्थित हायात रेजेन्सी ग्राउन्डमा शुक्रबार कम्पनीद्वारा आयोजित ‘काठमाडौं इज कुकिङ’ को दोस्रो संस्करणको एउटा भागको रूपमा ‘द लार्जेस्ट मोमो पार्टी’ सञ्चालन गरिएको थियो ।

‘द लार्जेस्ट मोमो पार्टी’मार्फत कम्पनीले नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेर अविस्मरणीय अनुभव सिर्जना गरी इतिहास रचेको दाबी गरेको छ । कोका–कोलाले पाँच सय जनाभन्दा बढी उत्साही सहभागीहरूका साथ यो कार्यक्रम सफलतापूर्वक आयोजना गरेको थियो । प्रत्येक सहभागीलाई दुई सय ५० एमएल कोकको बोतलसहित दुईवटा मोमो खान दिएको थियोे । कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर, चन्द्रिका कालियाले कोका–कोला र मोमो नेपालीहरूलाई साँच्चै नै मनपर्ने बताइन् । स्वादिलो खानेकुरादेखि चटकदार स्न्याक्ससम्म, कोका–कोलाले विश्वभरिका मानिसहरूका मनपर्ने व्यञ्जनहरूसँगै आफूलाई एक स्टेपलको रूपमा स्थापित गरेको कम्पनीको दाबी छ ।

कोका–कोलाले विश्वभरका फुड लभरहरूलाई मोहित गर्ने प्रिय डम्प्लिङ डिस मोमोको साथमा छनौट गरिने पेय पदार्थको रूपमा लोकप्रियता हासिल गरेको छ । कोका–कोलाले नेपालमा कोक र स्थानीय परिकारको अवधारणालाई आत्मसात गर्न लगातार नौ वर्षदेखि मोमो उत्सव अभियान आयोजना गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया