Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजोन्टा क्लब काठमाडौंद्वारा महिलाहरूलाई सम्मान

जोन्टा क्लब काठमाडौंद्वारा महिलाहरूलाई सम्मान


काठमाडौं । जोन्टा क्लब काठमाडौंले विभिन्न क्षेत्रका महिलाहरूलाई पुरस्कृत गरेको छ । क्लबले अन्तर्राष्ट्रिय महिला दिवस र ‘पहेँलो गुलाब दिवस’का अवसरमा आ–आफ्ना क्षेत्रमा अविस्मरणीय छाप छोडेका १० उत्कृष्ट महिलाहरूलाई सम्मानित गरेको हो ।

क्लबका अनुसार राजकुमारी हेलेन शाह प्रेरणादायक महिला वर्ष पुरस्कारबाट बन्दना राणा, अमर राण गेम चेन्जर पुरस्कारबाट सुनिता डंगोल, ज्योति छात्रवृत्ति पुरस्कारबाट सरिस्मा बस्नेत र प्रेरणा सापकोटा, इन्द्रकला छात्रवृत्ति पुरस्कारबाट खुसी श्रेष्ठ र दिप्ती गौतम सम्मानित भएका छन् । यसैगरी मैया श्रेष्ठ (फोटोग्राफर), सुनिता कोइराला (बाइक मेक्यानिक), यशोधरा थापा (पाइलट प्रशिक्षक) र रजनी श्रेष्ठ (बडी विल्डर) पनि सम्मानित भएका छन् ।

साथै, जोन्टा क्लब, काठमाडौंले हिंसाका शिकारहरूलाई कानुनी सेवा प्रदान गर्ने वकिलहरूको पहिचान र सम्मान पनि गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया