Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइल डाटा निःशुल्क चलाउन सकिने

टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइल डाटा निःशुल्क चलाउन सकिने


काठमाडौं । नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिकरूपमा निःशुल्क मोबाइल डाटा प्रयोग गर्न सकिने भएको छ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको एफटीटीएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबरका विभिन्न प्याकेज लिँदा त्यसैअनुसारको मोबाइल डाटा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न प्याकेजमध्ये वार्षिक एफटीटीएच कम्बो प्याकेज र एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने प्रयोगकर्ताहरूले यो सुविधा उपयोग गर्न पाउनेछन् । वार्षिक एफटीटीएच कम्बो प्याकेजअन्तर्गत ५० एमबीपीएस र १०० एमबीपीएस डाटाका साथै एक एनटीटीभी र एक टेलिफोन प्रयोग गर्ने सेवाग्राहीले दैनिकरूपमा आफ्नो मोबाइलमा क्रमशः ६०० एमबी र ८०० एमबी डाटा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने सेवाग्राहीलाई पनि त्यसैअनुसार मोबाइलमा समेत डाटा प्रयोग गर्न सकिने सुविधा उपलब्ध छ । यसअनुसार ५० एमबीपीएस, ७५ एमबीपीएस र १०० एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिकरूपमा क्रमशः ६०० एमबी, ७०० एमबी र ८०० एमबी डाटा प्रयोग गर्न सक्नेछन् भने भने १५० एमबीपीएस र २०० एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिकरूपमा क्रमशः ९०० एमबी र १००० एमबी डाटा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । आफूलाई आवश्यकताअनुसार उपयुक्त स्पिडको इन्टरनेट चलाउन, टेलिफोन गर्न, टेलिभिजन हेर्न र मोबाइलमा डाटा समेत चलाउन सकिने भएकाले टेलिकमले उपलब्ध गराइरहेको एनटी फाइबर सेवा हाल लोकप्रिय बन्दै गएको छ ।

एनटी फाइबर सेवा प्राप्त गर्न चाहने सेवाग्राहीहरूले १९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने छ । त्यसपछि कम्पनीका प्रतिनिधिले आवश्यक जानकारी दिने व्यवस्था गरिएको छ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न दरको एनटी फाइबर सेवाबारेमा कम्पनीको वेभसाइट तथा ‘नेपाल टेलिकम’ एप प्रयोग गरेर जानकारी लिन सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया